वि.सं. २०८१ माघ ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपत्यकाका एक दर्जन सहकारी मर्जर हुँदै

अर्थटुडे
२०७९ भाद्र १७, शुक्रबार

काठमाडौं । काठमाडौंमा पाँच सहकारीहरुले मर्जरका लागि सम्झौता गरेको एक साता नबित्दै उपत्यकाकाकै एक दर्जन सहकारीहरुले मर्जर गर्ने भएका छन् । तरलता अभावको समस्या बढ्दै गएपछि सहकारीहरुलाई मर्जरका लागि दवाव भएको हो ।

मर्जर सम्झौता गर्न लागेका सहकारीहरुमा जीवनदिप, सदस्य सेवा, शुभलाभ, शुभरत्न, गंगाजल, अष्ट र एभरट्रष्ट बचत तथा ऋण सहकारी तथा साईन, नैतिक, हाम्रो सेवा र सर्वोच्च बहुउद्देश्यीय सहकारी रहेका छन् ।

शुक्रबार काठमाडौंका ९ र ललितुरका दुई सहकारी गरी ११ वटा संस्थाहरु एक आपसमा मर्जरका लागि सम्झौता गर्न लागेका हुन् । दिउसो तीन बजे औपचारिक सम्झौता हुने स्रोतले जनाएको छ ।

मर्जरपछि शुभ सेवा बचत तथा ऋण सहकारीको नामबाट कारोबार गर्ने तथा एकीकृत संस्थाको अध्यक्ष यम्बर कार्की र कार्यकारी प्रमुखमा शितल शर्मा रहने सहमति भएको छ ।

सबै संस्थाहरुको एक महिनाभित्र साधारणसभा सम्पन्न गरी तीन महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ