काठमाडौं –नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।
दाङको तुल्सिपुरस्थित सो लघुवित्त संस्थाले सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको प्रत्यक्ष संलग्नतामा संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।
संस्थाको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षण पछि संस्थालाई समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यसअघि २०७८ चैत २ गते संस्थाको प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको हुँदा संस्थाको शीघ्र सुधारात्मक कारबाही गरिएको थियो । राष्ट्र बैंकका अनुसार शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको काराबाही गरेको थियो ।
ति बुदा अनुसार राष्ट्र बैंकले सो संस्थालाई उच्च व्यवस्थापनसँग सुधारका कार्यक्रम सम्बन्धमा छलफल गरी अभिलेख राख्ने, पुँजीबृद्धि योजना माग गर्ने, नगद लाभांसमा रोक, नयाँ शखा खोलन रोक, संचालकको भत्ता, तथा सुविधा र प्रमुक कार्यकारी लगायत उच्च व्यवस्थापनको तलव, भत्ता तथा सुविधा बृद्धिमा रोक लगाउने जस्ता कारबाही गरिसकेको थियो ।
राष्ट्र बैंकका अनुसार समस्याग्रस्त घोषणा गर्नुपुर्व संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिइएको थियो ।
प्रतिक्रिया