वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीका साधारणसभामा उद्घाटन र अतिथीको भाषण निषेध

अर्थटुडे
२०७९ भाद्र २९, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिले आफ्नो नियमनमा रहेका सहकारी सस्थाहरुका साधारणसभामा उद्घाटन र अतिथीहरुको भाषणमा रोक लगाएको छ । महानगरपालिकाको सहकारी विभागले साधारणसभासम्बन्धी निर्देशन जारी गर्दै साधारणसभामा उद्घाटन सत्र नराखी सोझै एजेण्डामा छलफल गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।

संस्थाको लेखापरिक्षण प्रतिवेदन, संचालक समितिको र लेखा समितिको प्रतिवेदन पर्याप्त छलफल गराएर मात्र पारित गर्न निर्देशन दिएको महानगरपालिकाले सदस्यको भूमिका सक्रिय बनाउन उद्घाटन शत्र नराख्न निर्देशन दिएको हो ।
हाल सहकारीका साधारणसभा मन्त्री, सांसद, राजनीतिक दलका नेताका साथै सहकारीका नेता बोलाएर अतिथी बनाउने र भाषण गर्ने प्रचलन छन् । जसले गर्दा साधारणसभामा प्रतिवेदन छलफलका कार्यक्रम भने ओझेलमा पर्ने गरेको छ ।

महानगरको ९ बुँदे निर्देशनमा संस्थाको विनियम संसोधन, नीति, कार्यविधि साधारणसभाबाट पारित गर्न, लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक तोक्न, बजेट तथा कार्यक्रम साधारणसभाबाट गर्न भनेको छ । यस्तै साधारणसभाको उपस्थितीमा पुस्तिकामा सदस्यको नामथर, हस्ताक्षर र सम्पर्क नम्बरका अतिरिक्त कुल शेयर संख्या र नागरिकता नम्बर समेत उल्लेख गर्नुपर्ने ब्यवस्था पनि गरेको छ ।

विभागले संघिय ऐन, महानगरको ऐन अनुसार संस्थालाई पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी पारित प्रतिवेदन १५ दिन भित्र विभागमा बुझाउन समेत निर्देशन दिएको छ ।

यस्तै साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थिती नभए गणपुरक संख्या पुर्र्याएर मात्र साधारणसभा गर्न साधारणसभाको माइन्यूट सबै संचालक र संचालकको संख्या भन्दा एक जना बढि सदस्यले हस्ताक्षर गरी प्रमाणीत गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ