वि.सं. २०८१ कार्तिक २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा ५५ देशका लगानीकर्ताको साढे २ खर्व लगानी

अर्थटुडे
२०७९ भाद्र २९, बुधबार

काठमाडौं । नेपालमा विभिन्न ५५ देशका लगानीकर्ताहरुको करिब साढे २ खर्ब रुपैयाँ लगानीमा रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको गरेको सर्वेक्षणले भारत, चिनलगायतका देशका लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, जलविद्युत होटल तथा रेष्टुरेन्टलगायतका लगानी गरेको सार्वजनिक गरेको हो ।

सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ सम्ममा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी मौजाद अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । उक्त लगानीमध्ये लगानीमध्ये सबैभन्दा बढि औद्योगिक क्षेत्रमा ६०.५ प्रतिशत रहेको छ । यस्तै ३९.४ प्रतिशत सेवा क्षेत्रमा लगानी रहेको छ । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युतमा ३०.८ प्रतिशत र उत्पादनमा २९.५ प्रतिशत रहेको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले आव २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये १९७ वटाको नमूना छनौट गरी सर्वेक्षण गरेको थियो । सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरण विश्लेषण गरी ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारिएको राष्ट्र बैंक अनुसन्धान विभागले जनाएको छ ।

प्रतिवेदनमा २०७८ असारसम्ममा नेपालमा ५५ ओटा देशको प्रत्यक्ष वैदेशिक लगानी छ । त्यसमध्ये सबैभन्दा बढि छिमेकी देश भारतबाट ७५ अर्ब ८१ करोड लगानी रहेको छ । त्यसपछि चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत र प्रतिफलदर १४.७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ