काठमाडौं । लगातार ओरालो लागेको नेप्से परिसुचक मंगलबार भने उकालो लागेको । सोमबार १७.४ र आइतबार १० अंकले ओरालो लागेको नेप्से परिसुचक मगलबार भने ५.७१ अंकले उकालो लागेको छ ।
मंगलबार वित्त कम्पनीहरुको बाहेक अन्य समुहगत सुचकहरु उकालो लागेको छ । वित्त कम्पनीहरुको समूहगत सुचक १.८१ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार कारोबार रकममा समेत बृद्धि भएको छ । सोमबार सोमबार ३८ करोड ३ लाख ५८ हजार रुपैयाँ बराबरको ७ लाख ९ हजार कित्तासेयर किनवेच भएकोमा मंगलबार सो रकममा बृद्धि भई ५३ करोड १५ लाख ८५ हजार रुपैयाँको १२ लाख ६६ हजार कित्ता सेयरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार वाणिज्य बैंक समूहको सूचक ६।७१ अंकले बढेको छ । त्यसैगरी होटल समूहको सूचक ४।१७ अंकले, विकास बैंक समूहको ६।७७ अंकले, जलविद्युत समूहको १३।२३ अंकले, बीमा समुहको १४।२५ अंकले, उत्पादनमूलक समुहको ०।७ अंकले र अन्य समूहको सूचक २।२३ अंकले बढेको छ ।
यो दिन वाणिज्य बैंक समूहको मात्रै २६ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार यो समूहको २१ करोड रुपैयाँको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार १ सय ५१ कम्पनीका १२ लाख ६६ हजार कित्ता सेयर ५३ करोड १५ लाख रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया