वि.सं. २०८१ माघ ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीकर्मी कँडेल, उप्रेती र खड्कालाई सुप्रबल जनसेवाश्री पदक

अर्थटुडे
२०७९ आश्विन ४, मंगलवार

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका संचालक केबी उप्रेती र सहकारीकर्मी शशी खड्का (गुरुङ) लाई सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित गर्ने भएको छ ।

सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदवी प्रदान गर्ने घोषणा गरेकी हुन् । संविधान दिवसको अवसर पारेर सोमबार घोषणा गरिएको मानपदवी नयाँ वर्षको अवसर पारेर बैशाख १ गते प्रदान हुनेछ ।

सहकारी क्षेत्रमा पुर्याएको योगदानका आधारमा उनीहरुलाई सम्मान गर्ने घोषणा गरेको छ । सरकारले यस वर्ष करिब एक हजार जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ ।

यसैगरी सरकारले बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले पनि सुप्रबल जनसेवाश्री पदकबाट बिभुषित गर्ने घोषणा गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ