वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्याजदर बृद्धिप्रति महासंघको आपत्ति

अर्थटुडे
२०७९ आश्विन ५, बुधबार

काठमाडौ –बैंक तथा वित्तिय संस्थाहरुले गरेको ब्याजदर वृद्धिको निर्णयप्रति नेपाल उद्योग वाणिज्य
महासंघले आपत्ति जनाएको छ । बैंक वित्तिय संस्थाहरुले असोज १ गतेदेखि लागु हुनेगरी व्याजदर
बढाएका थिए ।

व्याजदर बृद्धिले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तिय क्षेत्र
असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ सरकार, केन्द्रिय बैंक र बैंक वित्तिय
संस्थाहरूको ध्यानाकर्षण गराउन चाहेको महासंघले जनाएको छ ।

बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ, भने उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ । आठ प्रतिशत भन्दा माथि पुगिसकेको मुल्यबृद्धिलाई बैंक वित्तिय संस्थाहरूको यस निर्णयले थप माथि लाने महासंघको दावी छ । अर्थतन्त्र सुंकचित हँुदै जांदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको छ । महासंघले जनाएको छ ।

‘संकटको बेलामा जोखिम बा“डेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था हो । विशेषगरि कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्दछ । तर पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हँुदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नया“ लगानी निरूत्साहित हुनेछ । यस सन्दर्भमा विगतमा ब्याजदर बढदैमा निक्षेप नबढेको उदाहरण पनि स्मरणीय छ ।’ महासंघको भनाई छ ।

यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न सकिन्छ । त्यसैले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गर्दछ । विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ