वि.सं. २०८२ बैशाख ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माइक्रोइन्स्योरेन्स लाइसेन्सका लागि ३१ कम्पनीको आवेदन

अर्थटुडे
२०७९ आश्विन १४, शुक्रबार

काठमाडौं । बिमा समितिले प्रस्ताव आवहान गरेको माइक्रो इस्योरेन्स ब्यवसाय संचालनका लागि ३१ वटा कम्पनीहरुको प्रस्ताव पेश गरेका छन् । समितिले तोकेको अन्तिम म्याद विहिबारसम्ममा १५ वटाले जीवन र १६ वटाले निर्जीवन व्यवसाय संचालनका लागि प्रस्ताव पेश गरेको प्रवक्ता तथा कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए ।

समितिले तीन वटा जीवन र ४ वटा निर्जीवन गरी बढिमा ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी भदौ १० गते प्रस्ताव पेश गर्न सूचना जारी गरेको थियो ।

समितिले लघुबीमा कम्पनीका लागि चुक्ता पुँजी कम्तिमा ७५ करोड रुपैयाँ हुनु पर्ने ब्यवस्था छ । पेस गरेका प्रस्तावहरु मध्ये बीमा समितिबाट तयार हुने मूल्यांकनका आधारमा उच्चतम अंक प्राप्त गर्ने प्रस्तावकलाई मात्र छनोट गरिने समितिले जनाएको छ ।

आवेदन दिएका कम्पनीहरुमध्ये अधिकांश लघुवित्त कारोबार गर्दै आएका बैंक तथा लघुवित्त वित्तीय संस्थाले प्रवद्र्धन गरेका कम्पनीहरु रहेका छन् ।

आवेदन दिने कम्पनीहरु

  1. नियो लाइट माइक्रो जनरल
  2. स्वदेशी लघु जीबन बीमा
  3. जानकी जीवन लघुबीमा
  4. नेपाल माइक्रो इन्स्योरेन्स
  5. गार्जियन माइक्रो लाइफ
  6. कर्णाली माइक्रो इन्स्योरेन्स
  7. एभरेस्ट माइक्रो इन्स्योरेन्स
  8. एक्प्रेस माइक्रो इन्स्योरेन्स
  9. ट्रष्ट माइक्रो इन्स्योरेन्स
  10. माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स
  11. अल्फा माइक्रो इन्स्योरेन्स
  12. उन्नती माइक्रो लाइफ इन्स्योरेन्स
  13. उन्नती माइक्रो जनरल
  14. लुम्बिनी लघु जीवन बीमा
  15. मुक्तिनाथ जनरल
  16. मुक्तिनाथ लाइफ
  17. गरिमा माइक्रो लाइफ
  18. गरिमा माइक्रो जनरल
  19. सिजी लाइफ
  20. सिजी इन्स्योरेन्स
  21. गण्डकी माइक्रो इन्स्योरेन्स
  22. स्टार माइक्रो इन्स्योरेन्स
  23. प्रोटेक्टिभ माइक्रो लाइफ
  24. क्रेष्ट माइक्रो लाइफ
  25. लिवर्टी माइक्रो लाइफ
  26. श्री शक्ति लघुवित्त जीवन बीमा
  27. केयर माइक्रो जनरल
  28. अभियान लघु बीमा
  29. हिमशिखर जीवन लघु बीमा
  30. सुरक्षा लघु जीवन बीमा
  31. स्वर्गद्धारी लघु जीवन बीमा

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ