काठमाडौ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ को विश्वको आर्थिक बृद्धि २.३ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । मंगलबार आईएमएफले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको ‘वल्र्ड इकोनोमीक आउटलुक’ अन्तर्गत विश्वको आर्थिक बृद्धि सन् २०२१ को तुलनामा ६१ प्रतिशतले कमी आइ जम्मा २.३ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो ।
आईएमएफका अनुसार सन् २०२१ मा विश्वको आर्थिक बृद्धि ६ प्रतिशत रहेको थियो भने सन् २०२२ मा ३.२ प्रतिशतमा झर्ने अनुमान गरेको छ । विश्वभरका केन्द्रिय बैंकहरुले अपनाएको संकुचनकारी मौद्रिक नीति, रसिया युक्रेन युद्ध, जलवायु परिवर्तन लगायतका विभिन्न कारणले विश्वको आर्थिक बृद्धिमा कमी आउने कोषले दावी गरेको छ । आईएमएफका प्रमूख अर्थशास्त्री पेरे ओलिभिर गौरीन्चासले विश्वभरका देशहरुको सरकारले बनाएको पोलिसी र मौद्रिक नीतिको तालमेल मिल्न नसक्दा आर्थिक बृद्धिमा दवाव पर्ने बताए ।
उनले भने, हरेक देशका सरकारले स्टीमुलस प्याकेज सहितको बजेट सार्वजनिक गर्ने तर केन्द्रिय बैंकले भने संकुचनकारी मौद्रिक नीति जारी गर्दा त्यसको तालमेलन नमिलेको र जसका कारण आर्थिक बृद्धिमा दवाव सिर्जना भएको हो ।
उनले अहिलेको अवस्थमा हरेक सरकारले स्टीमुलस प्याकेजलाई शुन्यमा झारेर केन्द्रिय बैंकको संकुचनकारी मौद्रिक नीतिलाई सपोर्ट गर्नुपर्ने बताए ।
आइएमफ्ले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२३ मा सवैभन्दा बढी आर्थिक बृद्धि गर्नेमा भारत रहेको छ । सो बर्ष भारतले ६.१ प्रतिशतको आर्थिक बृद्धि गर्ने जनाएको छ । तर सन् २०२२ को तुलनामा सो अंक पनि कम नै भएको प्रमुख अर्थशास्त्री गौरीन्चासले प्रेस ट्रष्ट अफ इन्डियाले गरेको प्रश्नको उत्तरका क्रममा भने । उनले भारतले पनि मुल्यबृद्धि नियन्त्रणका लागि संकुचनकारी मौद्रिक नीति ल्याएका कारण भारतको अर्थतन्त्र दवावमा पर्ने देखिएको जानकारी दिए । २०२१ मा भारतको आर्थिक बृद्धि ८.७, सन् २०२२ मा ६.८ र सन् २०२३ मा ६.१ प्रतिशत रहने आईएमएफकाे प्रक्षेपण रहेको छ ।
त्यस्तै आईएमएफकाे प्रक्षेपण अनुसार सन् २०२३ मा सवैभन्दा कम आर्थिक बृद्धि हुनेमा रसिया रहेको छ । उक्त देशको सन् २०२३ मा आर्थिक बृद्धि २.३ प्रतिशतले नकारात्मक हुने आइएमएफ्को दावी रहेको छ । त्यस्तै सन् २०२२ मा रसियाको आर्थिक बृद्धि ३.४ ले नकारात्मक हुने पनि आईएमएफले जनाएको छ ।
आईएमएफका अनुसार संबृद्धि अर्थव्यवस्था भएको भनिएको जर्मनी र इटाली आर्थिक बृद्धि सन् २०२३ मा नकारात्मक हुने छ । उनीहरुको क्रमशः ०.३ र ०.२ प्रतिशतले नकारात्मक हुने आईएमएफले जनाएको छ । त्यस्तै सन् २०२३ मा नै बेलायतको ०.३, फ्रान्सको ०.७, युरो जोनको ०.५, स्पेन १.२, जापान १.६, क्यानडा १.५, अमेरिका १.१ र अन्य विकसित देशको २.३ प्रतिशतले आथिृक बृद्धि हुने आईएमएफकाे प्रक्षेपण रहेको छ ।
त्यस्तै इमर्जिङ इकोनोमिको रुपमा रहेको चाइनाको आर्थिक बृद्धि ४.४ प्रतिशतमा सिमित रहने छ भने विकाससिल एसियाली देशहरुको ४.९ प्रतिशत आर्थिक बृद्धि हुने देखाएको छ । नेपाल जस्तो निम्न आय भएको विकाससिल देशको भने सन् २०२३ मा ४.९ प्रतिशत मात्र आर्थिक बृद्धि हुने आईएमएफले जनाएको छ ।
प्रतिक्रिया