वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ ब्रोकर कम्पनीको लागि ४५आवेदन, नविल सेक्युरिटिजले माग्यो डिलर सहितको ब्रोकर लाइसेन्स

अर्थटुडे
२०७९ आश्विन ३१, सोमबार

काठमाडौं–नयाँ ब्रोकर कम्पनीको लाइसेन्सका लागि ४५ वटा निवेदन परेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार नयाँ ब्रोकर कम्पनीको लागि आवेदन दिने समय सोमबार (आज सकिएको छ । नेपाल धितोपत्र बोर्डले ३० दिनको म्याद राख्दै नयाँ ब्रोकरकोलागि नयाँ आवेदन आह्वान गरेको थियो।

बोर्डका अनुसार ४५ वटा निवेदनमध्ये डिलर सहितको ब्रोकरको लागि आवेदन दिने कम्पनीमा भने नविल बैंक एक्लो परेको छ । नविल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजले डिलर सहितको ब्रोकरका लागि आवेदन दिएको हो । सो कम्पनीको चुक्तापुँजी एक अर्ब ५० करोड रहने जनाइएको छ ।

त्यस्तै आवेदन परेका मध्ये ६० करोड चुक्तापुँजी सहितको ब्रोकर कम्पनीको लागि मेगा स्टक मार्केट (मेगा बैंकको सहायक कम्पनी) सेन्चुरी बैंक र हिमालयन ब्रोकरेज (हिमालयन बैंकको सहायक कम्पनी) ले आवेदन दिएका छन् । आवेदन दिने कम्पनीहरु अधिकांश बाणिज्य बैंकका सहायक कम्पनीको रुपमा रहेका छन् । ति कम्पनीहरु निम्मानुसार छन् ।

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ