काठमाडौ–चालु आर्थिक बर्षको पहिलो दुई महिनामा विप्रेषण (रमिट्यान्स) १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ नेपाल भित्रिएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बृद्धि हो ।
अघिल्लो आर्थिक बर्षको दुई महिनामा रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो । डलरको मुल्यमा आएको बृद्धिसँगै रेमिट्यान्सको आप्रबाहमा पनि बृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । साउनमा भने ९२ अर्ब २१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १,०३,८९८ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९,१८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया