वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुमा बढ्न थाल्यो निक्षेप, एक हप्तामा झन्डै २८ अर्बले बृद्धि

अर्थटुडे
२०७९ कार्तिक ४, शुक्रबार

काठमाडौ । बाणिज्य बैंकमा निक्षेप संकलन बढ्न थालेको छ । पछिल्लो एकसातामा मात्र २७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैकर्स संघले जारी गरेको तथ्यांमा उल्लेख छ ।

यो अवधिमा कर्जा प्रवाह २७ अर्ब रुपैयाँ भएको छ । भदौ महिनाको तुलनामा भने असोजमा ६१ अर्ब बढी निक्षेप संकलन भएको छ । भदौ महिनामा ४४ खर्ब ८६ अर्ब निक्षेप रहेको बैंकमा असोज महिनामा ६१ अर्बले बढेर ४५ खर्ब ४७ अर्ब पुगेको छ । बैंकको निक्षेपसँगै कर्जा प्रवाह पनि बढेको छ ।

बैंकहरुले असोज महिनामा ३० अर्ब रुपैयाँ ऋण प्रवाह गरेको छ । भदौको अन्तिममा बैंकले प्रवाह गरेको कर्जा ४१ खर्ब ९० अर्ब रहेको थियो भने असोज मसान्तमा आइपुग्दा यस्तो कर्जा प्रवाह ४२ खर्ब २० अर्ब पुगेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ