काठमाडौ– बैंक तथा वित्तिय सस्था र सहकारीहरु तरलताको अभावमा छ छटपट्रिहेका बेला आइडल यमुना बहुदेश्यीय सहकारी संस्थालाई भने कुनै तनाव छैन । कात्तिक २ गतेसम्मको विवरण अनुसार सो सहकारीसँग २९ प्रतिशत तरलता छ । अर्थात् सो सहकारीसँग पर्याप्त तरलता छ । सो जुनसुकै बेला बचतकर्ताले आफूले मागेको रकम लिन सक्नेगरी तरलता कायम गरेको बसेको छ । सहकारीका अध्यक्ष कुयाङ लामा समुदायमा आधारित र राम्रो व्यवस्थापन गर्न सक्ने संचालक भएका सहकारीहरुलाई विश्व आर्थिक मन्दी तथा देशमा नै भइरहेको तरलता अभावको असर नपर्ने दावी गर्छन् । सहकारीको २३ औ बार्षिक साधारणसभामा बोल्दै लामाले आफूहरुले केही सहकारीमा समस्या आउन थाल्ने वित्तिकै आफ्नो सहकारीमा समस्या नआओस् भन्ने हेतुले संस्थालाई थप मजवुत गर्न तर्फ लागेको र आफू सफल भएको बताए ।
उनले भने, असार मसान्तसम्ममा हाम्रो सहकारीमा २२ प्रतिशत तरलता थियो, त्यत्ति धेरै तरलता हुदा पनि भविष्यमा तरलताको अभाव खेप्न पर्ने हो की भनेर आफूले थप तरलताको जोहो गरेको र सदस्यहरुले विश्वास गरी निक्षेप थप्दै जान थालेपछि अहिले २९ प्रतिशत तरलता पुगेको छ । यो सवै सदस्यहरुले सहकारीप्रति देखाएको माया हो ।’ नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तिय संस्थासँग न्युनतम २० प्रतिशत तरलता हुनु आवश्यक हुन्छ । सहकारी विभागले जारी गरेको निर्देशनमा पनि कुनै पनि सहकारीमा कम्तीमा १० प्रतिशत भन्दा माथि तरलता हुनु आवश्यक हुन्छ ।
१५ प्रतिशत लाभांस स्वीकृत
शनिवार सम्पन्न भएको आइडल यमुना बहुदेश्यीय सहकारी संस्थाको बार्षिक साधारणसभाले आफ्ना सदस्यहरुलाई १५ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ । संस्थाले गत आर्थिक बर्षको नाफाबाट बोनस सेयर र नगद लाभांस १५ प्रतिशत लाभांस दिने जनाएको छ । गत आर्थिक बर्षमा संस्थाले ६३ लाख ५० हजार १५९ रुपैयाँ नाफा कमाएको छ । त्यस्तै सो साधारणसभाले बाग्मती प्रदेशभरी नै आफ्नो सदस्य काउन्टर विस्तार गर्ने, एकीकरणका लागि संचालकलाई पुर्ण अधिकार दिने लगायतका १३ वटा प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै संस्थाले चालु आर्थिक बर्षमा शेयरपुँजी ४० करोड पुर्याउने, ४ अर्ब ५० करोड बचत संकलन गर्ने, २५ हजार सदस्य पुर्याउने, १ करोड ५० लाख नाफा पुर्याउने लक्ष्य रहेको पनि संस्थाले जनाएको छ । गत एक आर्थिक बर्षमा मात्र संस्थाको शेयर पुँजी १ करोड ५० लाख ७४ हजार ३०० रुपैयाँले बृद्धि भएको छ । त्यस्तै निक्षेप ३ अर्ब ४७ करोड, ७७ लाख ७ हजार ९८३, कर्जा तथा सापटि २ अर्ब ४९ करोड ७३ लाख १५ हजार ६९३ रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको सदस्य संख्या २१ हजार रहेको छ।
प्रतिक्रिया