काठमाडौ । एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको संजाल नेटवर्क फर द डेभलपमेन्ट अफ कोअपरेटिभ इन एसिया एन्ड प्यासिफिक (नेडाक) को उपाध्यक्षमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती पुनः चयन भएका छन् । थाइल्यान्डकाे बैंककमा विहिवार सम्पन्न बार्षिक साधारसभाबाट उनी सर्वसम्मत उपाध्यक्ष चयन भएका हुन् ।
साधारणसभाबाट नेडाकको अध्यक्षमा भारतको राष्ट्रिय सहकारी विकास निगमका प्रबन्धनिर्देशक पंकजकुमार बंसल निर्वाचित भएका छन् । बंसल सहित १९ सदस्य सञ्चालक समिति निर्वाचित भएका हुन्। यस अधि नेडाकमा भारतको राष्ट्रिय सहकारी विकास निगमका पुर्व प्रबन्ध निर्देशक सन्दिप कुमार नायक अध्यक्ष थिए। यस्तै सह–अध्यक्ष फिलिफिन्सले पाएको छ । दुई जना उपाध्यक्ष हुने प्रावधान रहेको नेडाकमा अर्को उपाध्यक्ष भने पछि चयन गरिने सहमति भएको छ । सभाले सदस्यहरुमा बंगलादेश, श्रीलंका लगायत देशका प्रतिनिधीलाइ चयन गरेकाे छ ।
नेडाकले राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ललाई अन्तर्राष्ट्रिय सहकारी महासंघको निवर्तमान ग्लोबल बोर्ड सदस्यको रुपमा विज्ञका मनोनय गर्ने भएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रका अध्यक्ष चन्दपाल सिंह यादव र इफ्कोका अध्यक्ष दिलिप सांघाईलाई पनि विज्ञको रुपमा मनोनयन गर्ने निणर्य भएको छ । साधारणसभामा नेडाकक अध्यक्ष तथा सह –अध्यक्षको अनुपस्थितिका कारण उपाध्यक्षमा उप्रेतीकै अध्यक्षतामा संचालन भएको थियो ।
नेडाकको नयाँ कार्यसमितिको पहिलो बैठक नेपालमा गर्ने निणर्य भएको छ ।
प्रतिक्रिया