काठमाडौ–भारतको मुद्रा (भारु) अमेरिकाको ‘करेन्सी लिष्ट’ बाट बाहिरिएको छ । गत शुक्रबार अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीले भारुलाई मुदमा छेडखानी गरेको भन्दै करेन्सी लिष्टबाट हटाएको हो । शुक्रबार अमेरिकाले भारत सहित इटाली, मेक्सिको, थाइल्याण्ड र भियतनामको मुद्रालाई पनि यस्तो सूचीबाट हटाएको जानकारी दिएको छ ।
यसअघि ति देशका मुद्राहरु अमेरिकाको निगरानी सुचिमा रहेका थिए । व्यापारमा लाभको लागि मुद्रामा छेडखानी (आफ्नो मुद्रा डलरको तुलनामा कमजोर बनाइराख्ने) गर्ने मुलुकहरुलाई अमेरिकाले निगरानीमा राख्छ । निर्यात बढी हुने मुलुकहरुले आफ्नो मुद्रा कमजोर बनाइराखी सोबाट पर्याप्त लाभ लिने गरेका हुन्छन् ।
करेन्सी लिष्टबाट हटाउदा तीनवटा मापदण्ड राखिएको र यदी पुरा नभए उसले हटाउने गरेको छ ।अमेरिकाले आफूसँगको दुइपक्षीय व्यापारमा १२ महिनामा २० अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गर्ने मुलुक, त्यस्तै सो मुलुकको चालुखाता सोही मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) भन्दा दुई प्रतिशतले बढी भएमा र मुद्रामा एक पक्षीय हस्तक्षेप (जिडिपीको २ प्रतिशतभन्दा बढी मुद्रा गरिद गरी आफ्नो मुलुकको मुद्रा बनाइ राख्नु) गरिएका मुलुक यस्तो सुचिमा रहने छन् ।
नेपाली मुद्रा बलियो हुदै
अमेरिकाको मुद्रा लिष्टबाट हटेसँगै भारतीय रुपैयाँ बलियो बन्ने सम्भावना रहेको छ । भारतले अमेरिकामा धेरै निर्यात गर्दछ । बढी निर्यात गर्ने भएकोले आयातमा रोक लगाउनका लागि भारतले अमेरिकी डलरको तुलनामा भारुको अवमुल्यन गर्दै आइरहेको अमेरिकाको बुझाइ छ । यदी भारतीय मुद्रा अवमुल्यन गरिएको हो भने अव मुद्रा लिष्टबाट हटाएसँगै भारतले आफ्नो मुद्रा अवमुल्यन गर्न पाउदैन । जसका कारण भारु डलरको तुलनामा बलियो बन्छ र भारतबाट हुने निर्यात महंगो हुनेछ । जसको असर नेपालमा पनि पर्ने देखिएको छ । किनकी नेपाली मुद्रा भारुसँग पेग (स्थिर विनिमयदर) छ । भारु बलियो हुने वित्तिकै नेपाली मुद्रा पनि बलियो हुनेछ ।
प्रतिक्रिया