वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बीमा लेख ५४ प्रतिशतले बढ्दा पनि किन घट्यो बीमा शुल्क ?

अर्थटुडे
२०७९ मंसिर ६, मंगलवार

काठमाडौ । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा जीवन बीमा कम्पनीहरुको बीमा लेखको संख्या ५४.१० प्रतिशतले बढेपछि बीमा शुल्क भने ६.३ प्रतिशतले घटेको छ । आथिृक बर्ष २०७६ ७७ मा कोरोनाका कारण बीमा शुल्क कम उठेको थियो तर विस्तारै कोरोना कम हुदै गएपछि आर्थिक बर्ष २०७७ ७८ को पहिलो तीन महिनामा जरिवाना सहित बीमा लेख नविकरण गर्नेहरुको सख्यामा बृद्धि भएपछि गत आर्थिक बर्षको पहिलो तीन महिनामा बीमा लेख कम भएपनि बीमा शुल्क बढेको थियो ।

तर चालु आर्थिक बर्षमा भने बीमा शुल्क गत आर्थिक बर्षको तुलनामा घटेको हो । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा १९ वटा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयााँ बराबरको बीमा शुल्क उठाएका छन् । गत आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीहरुले ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ बीमा शुल्क उठाएका थिए ।

त्यस्तै जीवन बीमा कम्पनीहरुले गत असोजसम्ममा १ करोड ३८ लाख ८३ हजार २५६ वटा जीवन बीमा लेख जारी गरेका छन् । गत आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीहरुले जम्मा ९० लाख ९ हजार २७७ वटा मात्र बीमालेख जारी गरेका थिए ।

बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षमो उठेको कुल बीमा शुल्कमध्ये ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ प्रथम बीमा शुल्क र २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ नवीकरण बीमा शुल्कबाट उठाएको छ।

प्राधिकरणका अनुसार प्रथम त्रैमासमा सवैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छ । सो कम्पनीले १० अर्ब ४ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो बढी बीमा शुल्क उठाउने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ । जुन भारतको ज्वाइन्ट भेन्चर कम्पनी हो । सो जीवन बीमा कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले१९ जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १ अर्ब भन्दा बढी बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्स ४ अर्ब ३८ करोड ४ लाख, राष्ट्रिय बीमा संस्थान १ अर्ब ११ करोड ६७ लाख, मेट लाइफ इन्स्योरेन्स १ अर्ब ३१ करोड १ लाख, एसियन लाइफ १ अर्ब ७४ करोड ३४ लाख, सुर्या लाइफ इन्स्योरेन्सले १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै प्राइम लाइफ इन्स्योरेन्सले एक अर्ब १६ करोड १४ लाख, युनियन लाइफ इन्स्योरेन्सले १ अर्ब ९१ करोड ४२ लाख, सन् नेपाल लाइफले १ अर्ब ८१ लाख र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै एक अर्ब भन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुमा पछिल्लो समय जीवन बीमा कम्पनीका रुपमा कारोबार सुरु गर्न अनुमति पाएका युनियन लाइफ र सन् नेपाल लाइफ कम्पनी बाहेक ८ वटा कम्पनीहरु रहेका छन् । उनीहरुलाई जीवन बीमाको व्यवसाय गर्न लागि केही बर्ष अघिमात्र तत्कालिन बीमा समितिले अनुमति दिएको थियो ।

एक अर्बभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुमा गुँरास लाइफ इन्स्योरेन्स ७५ करोड ७ लाख, आइएमई लाइफ इन्स्योरेन्स ८७ करोड १४ लाख, ज्योति लाइफ इन्स्योरेन्स ९५ करोड १८ लाख, रिलायन्स लाइफ इन्स्योरेन्स ७८ करोड ८० लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८९ करोड ३१ लाख र सानिमा लाइफ इन्स्योरेन्स ५८ करोड २५ लाख र प्रभु लाइफ इन्स्योरेन्सले ५३ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सवैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । सो जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा ४० करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

ग्राफमा हेर्नुहोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ