वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बढ्न थाल्यो निक्षेप : सहकारी बैंकमा १८.३९% र नेफ्स्कूनमा २४.१४% तरलता

अर्थटुडे
२०७९ मंसिर ६, मंगलवार

काठमाडौं । बैंक तथा वित्तीय संस्थासँगै सहकारीमा पनि निक्षेप बढ्न थालेको छ । प्रारम्भिक सहकारी संस्थासँग वित्तीय कारोबार गर्ने राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रकाशित गरेको वित्तीय विवरणमा कात्तिक महिनामा तरलता वृद्धि भएको देखिएको छ ।

सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकमा कात्तिक मसान्तमा तरलता १८.३९ प्रतिशत पुगेको छ । असोजमा बैंकको तरलता १५.२६ प्रतिशतमा झरेको थियो । बैंकले निक्षेप बृद्धिसँगै कर्जा प्रवाह पनि घटाएपछि तरलताको अवस्थामा सुधार गरेको हो । असोज मसान्तसम्ममा बैंकमा ४० अर्व ३५ करोड ८३ लाख बचत रहेकोमा कात्तिकमा ४० अर्व ७० करोड ७९ लाख रुपैयाँ पुगेको छ । यस्तै ऋण लगानी भने असोजमा ३५ अर्ब ५७ करोड ९६ लाख रहेकोमा कात्तिकमा घटेर ३५ अर्व १० करोड २२ लाख रुपैयाँमा झरेको छ ।

कात्तिकसम्ममा बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ७ लाख, सेयर सदस्यहरुको संख्या १५ हजार ६३६ रहेको र ऋणी सहकारी सदस्यको संख्या २ हजार ७३१ रहेको पुगेको छ ।

यस्तै नेफ्स्कूनले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार कात्तिक महिनामा संघमा तरलता २४.१४ प्रतिशत पुगेको छ । असोजमा तरलता १८.१६ प्रतिशत रहेको थियो । संघको सदस्यता संख्या, शेयर पुँजी र बचत संकलन पनि बृद्धि भएको छ । असोज मसान्तसम्ममा संघमा १५ अर्व ६९ करोड ३३ लाख ३१ हजार रुपैयाँ बचत रहेकोमा कात्तिकमा बृद्धि भई १५ अर्व ९१ करोड २७ लाख १४ हजार पुगेको छ ।

बचत बृद्धि भएपनि संघले ऋण प्रवाहमा भने कडाइ गरेको छ । जसको कारण संघको ऋण घट्दै गएको छ । असोजमा संघको ऋण प्रवाह १५ अर्व ३७ करोड ७९ लाख २९ हजार रुपैयाँ रहेकोमा कात्तिकमा १५ अर्व २५ करोड ३४ लाख २२ हजारमा झरेको छ । तर संघमा ऋणीको संख्या भने बृद्धि भएको छ ।

कात्तिकमा बाणिज्य बैंकहरुमा पनि १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप थपिएको छ । कात्तिकमा बैंकहरुले एक अर्व २९ करोड कर्जा प्रवाह गरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ