काडमाडौ । पछिल्लो समयमा बाणिज्य बैंंकहरुमा निक्षेप बढ्न थालेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिक महिनामा मात्र बाणिज्य बैंकहरुले १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप तान्न सफल भएका छन् ।
कात्तिक महिनामा मात्र सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकको निक्षेप १६ अर्ब १९ करोड रुपैयाँले बढ्दा कर्जा लगानी १ अर्ब २६ करोड रुपैयाँले बढेको हो । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएको समयमा पनि वाणिज्य बैंकले निक्षेप बढाएका हुन् ।
असारको तुलनामा आर्थिक बर्षको चार महिनामा १० वटा बाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने १६ वटा बाणिज्य बैंकहरुको निक्षेप बढेको छ । गत असारको तुलनामा सवैभन्दा बढी निक्षेप घट्नेमा बैंकमा एनसीसी बैंक रहेको छ । सो बैंकको निक्षेप १४ अर्ब ४८ करोड रुपैयाँले घटेको छ । त्यस्तै यो चार महिनामा सवैभन्दा बढी निक्षेप बढाउने बैंकमा नविल बैंकले १० अर्ब ९० करोड रुपैयाँ निक्षेप थपेको छ ।
त्यस्तै चालु आर्थिक बर्षको चार महिनामा ११ वटा बाणिज्य बैंकहरुको कर्जा घटेको छ । सवैभन्दा बढी कर्जा घट्ने बाणिज्य बैंकमा एनसीसी बैंक नै रहेको छ । सो बैंकको चार महिनामा ९ अर्ब ४२ करोड रुपैयाँले कर्जा घटेको छ ।
त्यस्तै यो अवधिमा सवैभन्दा बढी कर्जा प्रबाह गर्ने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । सो बैंकले चार महिनाको अवधिमा ११ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रबाह गर्न सफल भएको छ । जवकी सो बैंकले चार महिनाको अवधिमा २ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
प्रतिक्रिया