काठमाडौ–राष्ट्रिय सहकारी बैंकले एकैदिन सातै प्रदेशको बार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले एक सुचना जारी गरी १९ औं वार्षिक साधारण पुस १६ गते शनिवार एकाइगत रुपमा एकैदिन गर्ने भएको हो । शुक्रवार बसेको बैंक सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उप–समितिको संयुक्त बैठकले सो निर्णय गरेको बैंकले जनाएको छ ।
सदस्यहरुको भौतिक उपस्थितिमा गरिने सधारणसभा बिहान भर्चुअल रुपमा साधारणसभाको शुरुवात गर्ने, प्रदेश स्तरीय एकाई सभामा उपस्थित सम्बन्धित प्रदेशका प्रतिनिधिहरुले प्रस्तावहरु पारित गरेपछि निर्वाचन कार्यक्रम अगाडि बढाइने तयारी गरिएको छ ।
प्रदेश नं, १ को विराटगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा साधारणसभा हुने र एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा पुस १८ गते काठमाडौँमा गर्ने निर्णय भएको छ ।
साधारणसभाले सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको चयन समेत गर्ने भएकाले चासोका साथ हेरिएको छ । सभामा २०७९ मङ्सिर ८ गते सम्म सदस्यता लिएका सदस्यहरु उपस्थित हुन पाउनेछन् । बैंकका अनुसार गत ८ गतेसम्म १५ हजार ७ सय २६ सदस्य सहकारी संघ÷संस्था बैंकको सदस्य भएका छन् ।
प्रतिक्रिया