वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंकको १२ औ बार्षिकोत्सव १२ कार्यक्रम गरी सम्पन्, ‘गो क्यासलेस’अभियानको गभर्नरले गरे उद्घाटन

अर्थटुडे
२०७९ मंसिर ११, आईतवार

काठमाडौ । सिभिल बैंकले १२ वटा विभिन्न कार्यक्रमहरु सहित आफ्नो १२ औ बार्षिकोत्सव मनाएको छ । बैंकले बार्षिकोत्सवको अवसरमा देशकका विभिन्न ६ वटा स्थानमा ‘गो क्यासलेस’ अभियान संचालन गरेको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहनगर्ने नितीअनुरुप यस बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्फत भुक्तानीगर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ ।

बैंकले जावलाखेल, नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी छ स्थानहरुका ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरेको बैंकले जनाएको छ । जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन नेपाल राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीले गरेका छन् । सो अभियानको उद्घाटन गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित अर्थतन्त्रआजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्घिको पथमा डोराउने बताए ।

नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाताभन्ने अभियानलाई समेत आत्मसातगर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताए । गो क्यासलेस अभियानमा राष्ट्र बैंक तथा सिभिल बैंकका उच्च तहका कर्मचारीको उपस्थिति रहेको थियो ।

त्यस्तै बार्षिकोत्सवको अवसर पारेर बैंकको जावलाखेल शाखामा प्रायोरीटि बैंकिङ सेवाको उद्घाटन गरिएको छ । शाखाको उद्घाटन बैंकका संचालक समितिकाअध्यक्षप्रतापजङ्ग पाण्डेतथा बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयूक्त रुपमा गरेका थिए ।
त्यस्तैगरी बैंकले आफ्नो पाँचथर स्थित याङ्वरक शाखामा एटिएम सेवा प्रारम्भ गरेकोे छ। याङ्वरक देशकै विकट दूर्गम स्थानमा पर्दछ । जसमासिभिल बैंकले मात्रै उपस्थितिजनाएको छ । साथै यस एटिएम उक्तगाउँपालिकाको पहिलो एटिएम हो ।

बार्षिकोत्सवकै अवसरा पारेर बैंकले देशैभर सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, छात्रबृत्ति प्रदान, विभिन्न सांस्कृति तथा सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहयोग समेत प्रदान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ