काठमाडौ–नेपाल राष्ट्र बैंक निजी क्षेत्रले उठाउदै आएको मागको भने उचित सम्बोन गरेन । चालुपूँजी कर्जा मार्गदर्शन तत्काल लागु नगर्न माग गर्दै आएको निजी क्षेत्रको सो मागको भने राष्ट्र बैंकले सम्बोधन गरेन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति समिक्षा मार्फत चालु पुँजी कर्जा मार्गदर्शन परिवर्तन गर्ने बताए पनि कार्यान्वयनमा रहेको चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गरिने भनेर झारा टारेको छ ।
केही समयअघि निजी क्षेत्रले चालुपूँजी कर्जा मार्गदर्शनका कारण व्यवसायहरु समस्यामा परेको भन्दै राष्ट्र बैंक विरुद्ध आन्दोलन गरेका थिए । सो समय गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिको समिक्षा मार्फत माग सम्बोधन गर्ने जनाएका थिए ।
त्यसपछि राष्ट्र बैंकले मार्गदर्शन परिवर्तनका लागि सुझाव पेश गर्न आव्हान गरेको छ । तर सुझावहरु पर्याप्त नआएको भन्दै मार्गदर्शन तत्काल परिवर्तन नगरेको र सुझावहरु आएपछि सुझावका आधारमा परिवर्तन गरिने राष्ट्र बैंकका प्रबक्ता डा.गुणाकर भट्टले जानकारी दिए ।
प्रतिक्रिया