वि.सं. २०८१ माघ २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नर अधिकारीको प्रश्न –“लिवरल इकोनोमिक्स र समाजवाद उन्मुख अर्थतन्त्र एउटै हो ?”

अर्थटुडे
२०७९ मंसिर १५, बिहीबार

काठमाडौ–नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर नियन्त्रण गर्ने वा बजारलाई छोड्ने बारे गम्भीर बहस गनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५ औ बार्षिकोत्सवका अवसरमा उनले व्याजदर निर्धारण गर्ने विषयमा बहस गर्न राष्ट्र बैंक तयार रहेको बताए ।

उनले भने, ‘के नेपाल राष्ट्र बैंकले व्याजदर तोक्नुपर्ने भनेको हो ? यहाँको सुझाव यही हो ? यसमा पनि बहस गर्नुजरुरी छ । गाँजा जस्तो सानो कुरामा बहस गरिहेका छैनौ, हामी समग्र अर्थतन्त्रको विषयमा गम्भीर कुरा गरिरहेका छौ ।’
त्यस्तै उनले दुई खर्बको विदेशी मुद्रा संचितिका लागि ६५ बर्ष लागेको तर गत एक बर्षमा नै झण्डै सो रकम बराबरको विदेशी मुद्राको संचिति गुमाउन पुगेको बताए ।

त्यस्तै उनले चालुपुँजी कर्जाको विषयमा पनि पर्याप्त समय दिएको दावी गरे । उनले भने– ‘चालुपुँजी कर्जा मार्गदर्शन–२०७८ को पुसमा सो मार्गदर्शनमा कन्सल्टेसनका लागि पठाइएको र आएको सुझावको आधारमा भदौमा जारी गरी कात्तिकदेखि मात्र लागु गरेका छौ । अझैपनि हामी संसोधन गर्न तयार रहेका छौ ।’ व्यापारी व्यवसायीहरुले भने चालुपुँजी कर्जा तत्कालको लागि लागु नगरी केही समय रोक्नका लागि आग्रह गर्दै आइरहेका छन् ।

त्यस्तै गभर्नर अधिकारीले नेपालले लिइरहेको ‘मार्केट इकोनोमिक्स’को नीतिको बारेमा पनि गम्भीर बहस गर्नुपर्ने दावी गर्दै भने–‘हाल देशले लिइरहेको “लिवरल इकोनोमी” र संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र भनेको एकै हो कि फरक हो ? भनेर बहस चलाउनु जरुरी छ ।’

यदी हामीले हाल भइरहेको आथिृक नीतिभन्दा अर्को नीति अपनाउने हो भने पनि त्यसबाट उत्पन्न हुने सम्पुर्ण समस्याहरुको सामना गर्न पनि तयार हुनुपर्ने धारणा राखे । त्यस्तै उनले रेमिट्यान्सकै भरमा अर्थतन्त्र कहिलेसम्म चलाउने? भनेर प्रश्न गर्दै, उनले आयात रोक्दा राजस्व घट्ने हुदा त्यसतर्फ पनि ध्यान दिनुपर्ने धारणा राखे । उनका अनुसार नेपालले आयात रोकेकै कारण करिव ३० अर्बको राजस्व गुमाएको भन्दै सधैभरी आयात रोक्न नसकिने दावी गरे ।

उनका अनुसार हाल राष्ट्र बैंकको नीतिले काम गरिरहेको बताउदै मागमा कमी आइरहेको जानकारी दिए ।
त्यस्तै समस्यामा फसीसकेको अर्थतन्त्रलाई ‘कम व्याक’ गराउनका लागि पनि राष्ट्र बैंकको नीतिले काम गरेको उनको दावी छ । उनका अनुसार यदी देशको आर्थिक विकास गर्न चाहने हो भने सवै मिलेर अगाडी बढ्नु जरुरी रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ