वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकमा अध्यक्ष सहित ११ जना सर्वसम्मत, ७ पदमा पुस १६ गते निर्वाचन

अर्थटुडे
२०७९ पुष ८, शुक्रबार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको संचालक समितिका लागि अध्यक्षमा केबी उप्रेती सहित ११ वटा पदमा सर्वसम्मत भएको छ । निर्वाचन समितिका अनुसार अध्यक्ष, लेखा संयोजक र ९ जना संचालकमा सर्वसम्मत भएको छ । अब ५ जना संचालक र २ जना लेखा समिति सदस्य पदका लागि निर्वाचन हुने भएको छ ।

निर्वाचन उपसमितिका अनुसार अध्यक्षमा उप्रेती, संचालकहरुमा प्रदेश नं १ बाट महेन्द्र गिरी, मधेश प्रदेशबाट विश्वनाथ मण्डल, बागमती प्रदेशबाट रामहरी बजगाई, लुम्विनीबाट बिजया धिताल, गण्डकी प्रदेशबाट रामबहादुर जिसी र सुदुरपश्चिम प्रदेशबाट शिवा थापा चयन भएका छन् । यसैगरी खुल्ला महिला संचालकहरुमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा सर्वसम्मत भएका छन् । यस्तै बैंकको लेखा समिति संयोजकमा लक्ष्मीप्रसाद उप्रेती पनि निर्विरोध भएका छन् ।

बुधबार निर्वाचन उपसमितिले शैक्षिक योग्यता नपुगेको भन्दै लेखा समिति संयोजक र दुई जना खुल्ला सदस्य गरी तीन जनाको उम्मेदवारी खारेज गरेको थियो । यस्तै विहिबार विभिन्न पदमा उम्मेदवारी दिएका ३२ जनाले फिर्ता लिएका थिए ।

अब सर्वसम्मत हुन नसकेका कर्णाली प्रदेश संचालक, खुल्ला संचालक र लेखा समिति सदस्यका लागि मात्र निर्वाचन हुदैछ । बैंकको पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ : ३० बजेदेखि ५ बजेसम्म मतदान समय तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ