काठमाडौ–नेपालबाट यार्सागुम्बा निर्यातको राम्रो सम्भावना देखिएको छ । चालु आर्थिक बर्षको पाँच महिनामा नेपालबाट विभिन्न ११ वटा देशमा यार्सागुम्बा निर्यात भएको छ । यसलाई अन्य देशमा पनि निर्यातको सम्भावाना गरेको पाइएको छ । विभिन्न औषधी उत्पादनको लागि काम लाग्ने यार्साको माग विदेशमा अत्यधिक भएपनि सोही अनुसार नेपालमा नपाउने हुदा माग अनुसारको निर्यात हुन नसकेको व्यवसायीहरु बताउँछन् । भन्सार विभागका अनुसार पाँच महिनामा २७ करोड ८१ लाख ४४ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।
विभागको तथ्यांक अनुसार नेपालबाट कोलम्विया, फ्रान्स, जर्मनी, हङकङ, इटली, दक्षिण कोरिया, मलेसिया, सिंगापुर,वेलायत, अमेरिका र भियतनाममा नेपालबाट यार्सागुम्वा निर्यात हुने गरेको पाइएको छ ।
नेपालबाट सवैभन्दा बढी यार्सागुम्वा हङकङमा निर्यात हुने गरेको छ । सो देशमा नेपालबाट पाँच महिनामा १८१ केजी अर्थात् ११ करोड ४७ लाख ५१ हजार रुपैयाँ बरारबको निर्यात भएको छ। त्यस्तै दोस्रोमा कम्बोडियामा निर्यात हुने गरेको छ । सो देशमा पाँच महिनामा नेपालबाट १६० केजी अर्थात् १० करोड २३ लाख ९९ हजार रुपैयाँ बराबरको यार्सागुम्मा निर्यात भएको छ ।
त्यस्तै सवैभन्दा कम कोरियामा जम्मा २९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन एक किलो भन्दा कम नै हो ।
प्रतिक्रिया