वि.सं. २०८१ माघ ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्ड प्रधानमन्त्रीका’मुख्य योजनाकार’ पुन बन्लान् त अर्थमन्त्री ?

अर्थटुडे
२०७९ पुष १०, आईतवार

काठमाडौ ‐ एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ । नेकपा एमालेले आइतबार साँझ राष्ट्रपति विद्याभण्डारीलाई प्रधानमन्त्रीका लागि आफ्नो नेतृत्व दावी प्रस्तुत गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित छ । तर उनको नेतृत्वमा जाने सरकारमा अर्थमन्त्री को ? भन्ने प्रश्न यतिवेला जनमानसमा घुमिरहेको छ ।

सबैभन्दा शक्तिशाली मन्त्रालयको रुपमा रहेको अर्थमन्त्रालय सत्ता गठबन्धनको स्वरुप हेर्दा नेकपा एमालेले नै पाउने सम्भावना देखिएको छ । प्रधानमन्त्री माओवादी केन्द्रले पाएपछि अर्थमन्त्री, गृह र परराष्ट्रमा नेकपा एमालेको दावी रहने देखिन्छ ।

यदी नेकपा एमालेले अर्थमन्त्री पाएमा को बन्ला भन्ने प्रश्न छ । नेकपा एमालेको तर्फबाट अर्थमन्त्रीको रुपमा प्रमूख दोवदार विष्णु पौडेल हुन् । एमालेमा सुरेन्द्र पाण्डे र युवराज खतिवडा यसअघि अर्थमन्त्री बनीसकेपनि उनीहरु निर्वाचित संसद छैनन् ।
गत मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभाको चुनावमा चितवन प्रतिनिधिसभा १ बाट हारेका पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्का पुर्वअर्थमन्त्री डा.खतिवडा संसद्मा छैनन् । पौडेल हरेकपटक असामान्य अवस्थामा नै अर्थमन्त्री बनेका छन् । यसपटक आन्तरिक आर्थिक सूचकहरू कमजोर बनेको अवस्थामा भावी अर्थमन्त्रीको रूपमा पुनः विष्णु पौडेल अर्थमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । अर्कोतर्फ विभिन्न दलहरु मिलेर बन्ने सरकार भएपछि वरिष्ठताको हिसावले पनि पौडेल अर्थमन्त्रीका मुख्य दावेदार हुन् ।

त्यस्तै अर्थमन्त्री माओवादी केन्द्रले पाएको अवस्थामा वर्षमान पुन अर्थमन्त्री बन्ने सम्भावना छ । पुन चिनमा उपचार गरेर नेपाल फर्केसँगै बनेको सत्ता समिकरणले पनि पुन अर्थमन्त्री बन्ने सम्भावना देखाएको छ।

नेपाली कांग्रेससँगको सहकार्यमा अर्थमन्त्री बनेका माओवादी नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री नबन्ने पक्का छ । किनकी उनले अर्थमन्त्री हुदा हालका प्रधानमन्त्री शेरबहादुर देउवासँग बढी निकटस्थ र प्रचण्डसँग केही दुरु बनाएका थिए । जसका कारण प्रचण्ड उनीप्रति रुष्ट थिए । त्यस्तै बजेट निर्माणका क्रममा अर्थमन्त्रालयभित्र विचौलियाको प्रवेश गराएको भन्दै शर्माको पार्टीभित्र नै विरोध भइरहेको छ ।

कांग्रेस माओवादीको सरकार बनेको अवस्थामा नवलपरासीबाट चुनाव जितेका कांग्रेसनेता तथा अर्बपति व्यापारी विनोद चौधरी, कांग्रेस नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत र माओवादीबाट अहिलेकै अर्थमन्त्री जनादर्शन शर्मा र एकीकृत समाजवादीबाट प्रकाश ज्वालले अर्थमन्त्रीका प्रमुख दाबेदार रहेका थिए ।

पछिल्लो समयम देशको आर्थिक अवस्था मन्दतिर धकेलिरहेको छ । चौतर्फी मन्दी छाएको छ । सही नीति ल्याउन नसके देशको अर्थतन्त्र ढल्ने प्रबल सम्भावना रहेको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ