काठमाडौं –उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र संकटको डिलमा रहेको सवै मिलेर सम्हाल्नुपर्ने बताएका छन् ।
सोमबार मन्त्री पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको पदभार ग्रहण गर्दै निकै कठिन अवस्थामा आफू मन्त्रालय सम्हाल्न आएको बताउदै एकल प्रयासले केही नहुने भएकोले आफूलाई सवैको सहयोग चाहिएको बताए । उनले सहयोगको लागि कर्मचारी तथा निजी क्षेत्रलाई समेत आग्रह गरे ।
आफू भागबन्डामा नभै अप्ठ्यारो अवस्थाको अर्थतन्त्रलाई सम्हाल्न आइपुगेको उनको दावी छ । उनले पदभार ग्रहण गर्दै भने–’अहिले निकै कठिन समय छ। यसमा एकल प्रयासले केही पनि गर्न सकिदैन। सबैको भुमिका महत्वपूर्ण हुन्छ।’
अर्थमन्त्रालयको काम कुनै पनि गोप्य कोठामा हुदैन । उनले भने–’सचिवले मन्त्री कहाँ लैजाने फाइल टुँडिखेलमै राखेर काम गर्न सक्नुपर्छ।’ कर्मचारीहरुलाई निर्देशन दिदै उनले गर्न नसकिने र नहुने काम सिधै हुदैन र सकिदैन भनेर जवाफ दिन भने । तेस्रो कार्यकाल पनि पहिलाको दुई कार्यकाल झै सफल हुने र त्यसको लागि सबैले आ आफ्नो भुमिका राम्रोसँग निर्वाह गर्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया