काठमाडौँ । गुण्डा नाइकेको नाममा प्रख्यात दिनेश अधिकारी (चरी) को मृत्यु भएको छ । काठमाडौँको भिमढुंगामा भएको प्रहरीसँगको भिडन्तमा मृत्यु भएको प्रहरीले जनाएको छ । चरी धादिङ एमाले निर्वाचन क्षेत्र नम्बर १ का उपाध्यक्षसमेत रहेको बताइएको छ ।
हत्या प्रयासको अभियोग लागेर फरार भएका चरीलाई महानगरी प्रहरी अपराध महाशाखाले पछ्याउँदै गर्दा चरीले पहिले फायर खोलेपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हातमा पेस्तोल बोकेको अवस्थामा मृत्यु भएको चरीको बा ४९ प ३११२ नम्बरको रातो पल्सर मोटरसाइकल लडेको अवस्थामा भेटिएको छ। भिमढुंगाबाट धादिङ निस्कने बाटोमा गाउँदेखि अलि टाढा जंगलको बाटोमा मुठभेड भएको थियो।
गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को प्रहरीको कारबाहीमा मृत्यु
२०७१ श्रावण २१, बुधबार
प्रतिक्रिया