वि.सं. २०८१ माघ २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकको संचालक भएर सहकारी क्षेत्रको समस्या न्युनिकरणमा काम गर्ने थापाको योजना

अर्थटुडे
२०७९ पुष १४, बिहीबार

काठमाडौं । तरलता अभावको समस्याले तनावमा रहेको सहकारी क्षेत्र यतिवेला भने राष्ट्रिय सहकारी बैंकको चुनावले तातेको छ । सधै जसो राजनीतिक भागबण्डामा नियुक्तीका आधारमा संचालकमा चयन हुने भएपनि यसपाली भने चुनावी प्रतिष्पर्धा हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले अनुगमन गर्ने सहकारी बैंकमा १५ जन जम्बो संचालक समिति छ ।  संचालक समिति को संख्याको विषयमा बारम्बार राष्ट्र बैंकले कैफियत जनाउने गरेपनि संचालक को संख्या घटन् सकेको छैन ।  यद्यपी सहकारी बैंकले हालसम्म राष्ट्र बैंकलाई संचालकबारे सहमत गराउन सक्षम भएको छ ।

यही पुस १६ गते बैंकको निर्वाचन हुन गइरहेको छ । अधिकांश संचालकका आकांक्षीहरु राजनीतिक पृष्ठभुमिका रहेका छन् । बैंकजस्तो व्यवसायिक संस्थामा व्यवसायिक व्यक्ति संचालक आउनु जरुरी छ । १५ हजार सदस्य संख्या भएको सो बैंकमा व्यवसायिक संचालक देखिदैन । यसैले पनि यसपालीको चुनाव भने निक्कै रोचक रहेको छ। यसपालीको खुल्ला संचालकमा काठमाडौ जिल्ला बहुउदेश्य सहकारी संघका अध्यक्ष मनोज थापा मगरले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

उनी भन्छन्, हाल खुल्ला संचालक जम्मा ४ जना चाहिएको हो । तर उमेदवारी दिने १६ जना छन् । यसबाट नै प्रष्ट हुन्छ सहकारी बैंकको संचालक हुनुका लागि कत्ति मानिसहरु आत्तुर छन् भन्ने । ’

‘म सहकारी बैंकमा आउन खोज्नुको पनि विविध कारण छन् । सहकारी अभियानमा १७ बर्षभन्दा लामो समय जोडिएको र सहकारी क्षेत्रको हरेक पक्षको राम्रो जानकार रहेकोले बैंकको संचालक भएर सहकारी क्षेत्रको समस्या न्युनिकरणका लागि योगदान दिन सक्ने हेतुले जान खोजेको हो । त्यसैले मलाई सबैको साथ र सहयोग छ ।’ उनले भने ।

थापाले त्रिभुवन विश्वविद्यालयबाट वित्तिय व्यवस्थापनमा एमबीएस गरेका छन् । त्यस्तै उनले बजार व्यवस्थापनमा पोखरा विश्वविद्यालय  एमबीए समेत गरेका छन् । त्यसैगरी उनी अर्थव विजनेश कलेजको प्रधानाध्यापक हुने भने २०६४ सालदेखि सहकारी क्षेत्रमा आवद्ध छन् । हाल उनी तपाई हाम्रो बहुदेश्यीय सहकारी संस्थाको अध्यक्ष समेत रहेका छन् ।

थापा सहकारी बैंकको कलंकी शाखाको समेत नेतृत्व सम्हालेर बसेका छन्। उनीजस्तो व्यवसायिक मानिस संचालक भएमा बैंकले गर्ने हरेक निर्णयमा साथ र सहयोग हुने अपेक्षा पनि बैंकका कर्मचारीहरुको रहेको छ ।

‘बाणिज्य बैंकहरुमा व्यवसायिक संचालक हुन्छन्, जसका कारण कर्जा दिदा व्यवसायिक रुपमा निर्णय हुने हुदा बैंकको खराव कर्जा कम हुन्छ । तर सहकारी बैंकका संचालक भने राजनीतिक पृष्ठभुमिबाट आउने हुदा कर्जामा हस्तक्षेप हुने र बैंकलाई व्यवसायिक ढंगले अगाडी बढाउन नसकिने हुदा बैंकको समग्र विकासमा असर पर्ने गरेको छ ।’

‘सहकारीलाई वित्तीय सेवाका अतिरिक्त लबिङ तथा एड्भोकेसी, ब्राण्डिङ, क्षमता विकासका कार्यक्रमहरु आवश्यक रहेको थापाको भनाई छ । उनी भन्छन्, ‘सहकारी क्षेत्रलाई मर्यादित, व्यवस्थित बनाउन धेरै काम गर्न बाँकी छ । बैंकको संचालकमा रहेर नेतृत्वलाई व्यवसायिक बैंक बनाउमा सहयोग गर्ने अझै सबल, सक्षम र व्यवस्थित बनाउने कुरामा मेरो ध्यान जानेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ