वि.सं. २०८१ माघ २७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकमा अध्यक्ष उप्रेतिकै सेटिङ अनुसारको परिणाम, मानन्धरले पाए सर्वाधिक मत

अर्थटुडे
२०७९ पुष १६, शनिबार

काठमाडौ । राष्ट्रिय सहकारी बैंकको चार संचालकमा केदार मानन्धर, मनोज थापा मगर, माधवलाल देवकोटा र ध्रुवचन्द्र विष्ट विजयी भएका छन् । शनिवार भएको सहकारी बैंकको चार खुल्ला संचालक पदको निर्वाचनमा सवैभन्दा बढी मत मानन्धरले ल्याएका छन् ।

सातै प्रदेशबाट आएको प्रारम्भिक रिपोर्ट अनुसार मानन्धरले ३ हजार ७२ मत ल्याएका छन् । त्यस्तै मनोज थापाले २ हजार ९१४, देवकोटाले २ हजार ७९० र विष्टले २ हजार ९२ मत ल्याएर विजयी भएका छन् ।

बैंकको चार खुल्ला संचालकको निर्वाचनमा १६ जनाको उमेदवारी परेको थियो । त्यसमध्ये नेपाली कांग्रेस निकट भने १२ जना थिए । विजयी हुने मानन्धर र देवकोटा नेपाली कांग्रेस निकट हुन् भने थापा माओवादी केन्द्र र विष्ट नेकपा एस निकट रहेका छन् । निर्वाचनको औपचारिक परिणामको घोषणा भने हुन बाँकी छ ।

 

सहकारी बैंकको निर्वाचन सम्बन्धी सम्पुर्ण समाचारका लागि यहाँ क्लीक गर्नुहोस् ।

 

सहकारी बैंकमा चुनावी रौनक, यी हुन् अध्यक्ष उप्रेतीले खुल्ला संचालकमा देख्न चाहेका चार अनुहार

सहकारी बैंकमा कांग्रेसको राजनीति, महामन्त्रीद्धय र खाँडले मानन्धरलाई भनेः ‘हाम्रो उम्मेदवार तपाँई’

बैंकको संचालक भएर सहकारी क्षेत्रको समस्या न्युनिकरणमा काम गर्ने थापाको योजना

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ