वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘केशव बडाल सहकारी पत्रकारिता पुरस्कार– २०७९’ बाट काजी श्रेष्ठ पुरस्कृत

अर्थटुडे
२०७९ पुष १८, सोमबार

काठमाडौं –‘केशव बडाल सहकारी पत्रकारिता पुरस्कार– २०७९’ बाट सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठ पुरस्कृत भएका छन् । सहकारी क्षेत्रमा लामो समय कलम चलाउदै आएका श्रेष्ठलाई थप हौसला प्रदान गर्नका लागि सो पत्रकारिता पुरस्कार दिइएको हो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका पूर्व ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लद्धारा सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापित सो पुरस्कारको राशी १५ हजार नगद रहेको छ ।

शनिबार ललितपुरमा आयोजित प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभाको अवसरमा श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले श्रेष्ठलाई पुरस्कार प्रदान गरेका थिए ।

सहकारी क्षेत्रको यथार्थपरक समाचारहरु बाहिर आउन् भन्ने उदेश्यले सो पुरस्कारको स्थापना गरेको संस्थापक मल्लले जानकारी दिइन् । पत्रकार र सहकारी क्षेत्रको दुरी कम गर्ने र व्यवसायिक सहकारी पत्रकारलाई हौसला प्रदान गर्ने उदेश्यले २०७५ मा स्थापना गरिएको सो पुरस्कार पहिलो पटक सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईलाई प्रदान गरिएको थियो ।

दोस्रो पटक २०७६ मा सिर्जना पन्त, २०७७ मा राष्ट्रिय सहकारी महासंघका सुचना अधिकृत एवं राजधानी दैनिकका प्रमुख समाचारदाता रामसुदन तिमल्सिना र २०७८ मा तत्कालिन नेपाल टेलिभिजनकी समाचारदाता एलिजा उप्रेतिलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ