वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नरसँग निजी क्षेत्रको छुट्टाछुट्टै भेटः चालुपुँजी कर्जा कार्यविधिमा लचकता, पुरानालाई समय दिने

अर्थटुडे
२०७९ पुष १८, सोमबार

काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चालुपुँजी कर्जा कार्यविधिमा लचक हुने संकेत देखिएको छ । गत कात्तिक १ गतेदेखि लागु भएको सो कार्यविधि नयाँलाई तत्काल लागु गर्ने र पुरानाको हकमा केही समय दिने गरी सहमत भएको पाइएको छ ।

सोमबार निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेटेर उनले चालुपुँजी कर्जा मार्गदर्शनको विषयमा लचक हुने संकेत देखाएका हुन् । उनले उद्योगी व्यवसायीहरुलाई ‘विन विन’ हुने गरी मध्यममार्गी धार समाउने बताएका छन् ।

गभर्नर अधिकारीले सोमबार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ललाई छुट्टाछुट्टै भेटेर चालु कर्जा पुजीको विषयमा गम्भीर छलफल गरेका थिए ।

उद्योगी व्यापारीहरुले निरन्तर चालुपुँजी कर्जा २ बर्ष रोक्न, व्याजदर कम गर्न साथै बजारमा तरलता प्रबाहका लागि मौद्रिक उपकरण प्रयोग गर्ने माग राख्दै आन्दोलन गरेका थिए ।

लगातार आन्दोलनमा रहेका उद्योगी व्यापारीहरुलाई अर्थमन्त्री पौडेलले बोलाएर नै समस्या समाधान गर्ने आश्वासन दिदै आन्दोलन रोक्न आग्रह गरेका थिए । मन्त्रीको आग्रहलाई आत्मसात् गर्दै उद्योगी व्यवसायीहरुले यही पुस मसान्तसम्मको लागि आन्दोलन रोकेका छन् ।

गभर्नरलाई अहिले नैतिक संकट छ । अर्थमन्त्रीले भनेको नमान्दा आफ्नै पद धरापमा पर्ने डर मानौ भने निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेको पुष्टी हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ