वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चालु पुँजी मार्ग दर्शनमा राष्ट्र बैंकले टेक्यो घुडा, ८ दिनमा नै कसरी भयो अर्थतन्त्र बलियो ?

अर्थटुडे
२०७९ पुष २०, बुधबार

काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्ततः सरकार र निजी क्षेत्रको सामु घुँडा टेकेका छन् । ठिक एक हप्ता अगाडी पोखरामा भएको लिट्रेचर फेस्टीवलमा राष्ट्र बैंकका गभर्नर अधिकारीले चालु पुँजी कर्जामा कुनैपनि समस्या नदेखिएको दावी गरेका थिए । उनले चालु पुँजी कर्जा मार्गदर्शनमा समस्या यो हो भनेर नभन्ने अनि स्थगनका लागि मात्र दवाव दिने भन्दै व्यापारी व्यवसायीको उछितो काटेका थिए ।

उनले चालु पुजी कर्जा संशोधन नै नहुने त भनेका थिएनन् तर यति छिट्टै संसोधन गर्ने मुडमा पनि थिएनन् । चालु पुँजी कर्जामा भएको व्यवस्थाका कारण अर्थतन्त्रमा बवल क्रियट भएको उनको मान्यता थियो । उनले चाहिनेभन्दा बढी चालु पुँजी कर्जा लिने र सोही रकम घरजग्गा, सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गरेको दावी गरेका थिए । उद्योगी व्यवसायीको गुनासो सुनिसकेपछि अर्थमन्त्री पौडेलले समस्या समाधान गर्ने आश्वासन दिएका थिए । जसका कारण उद्योगी व्यवसायीहरुले गरिरहेको आन्दोलन पनि स्थगन गरेका थिए ।

त्यसपछि अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीलाई चाडो समस्याको समाधान निकाल्नका लागि दवाव दिदै आएका थिए । अर्थमन्त्री पोडेलसँगै उद्योगी व्यापारीहरु प्रधानमन्त्री, गृहमन्त्रीसम्म पनि आफ्नो समस्या लिएर गुनासो गर्न पुगे ।
दवावका बाबजुद गत सोमबार गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुलाई छुटछुट्टै भेटेर कुन मार्ग समाउदा विनविनको अवस्था आउछ भनेर सल्लाह मागेका थिए । उद्योगी व्यवसायीहरुलाई पनि गभर्नर अधिकारीको बाध्यता राम्रोसँग जानकारी भएका कारण मध्यममार्गी उपाय चालु पुँजी कर्जा मार्गदर्शन आफूहरुले भने बमोजिम संशोधन गर्ने ।

संशोधनका लागि समय लगाएको भन्दै बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर अधिकारीलाई पुनः बोलाएर समस्या समाधानका लागि निर्देशन दिए । प्रधानमन्त्रीसँग भेटेको करिव ४ घण्टामा नै नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलनको आयोजना गर्यो । अपरान्ह ३ बजे चालु पुँजी कर्जा मार्गदर्शन संशोधन भएको घोषणा गरियो । जुम मार्फत गरिएको सो कार्यक्रममा प्रबक्ता गुणाकर भट्ट र निर्देशक किरण पण्डित त्यति खुसी देखिएका थिएनन् । उनीहरु पत्रकार सम्मेलनभरी दवाव महसुस गरिरहेका देखिन्थे ।

चालु पुँजी कर्जा मार्गदर्शनले विग्रदो अर्थतन्त्रलाई लयमा ल्याउने विश्वास उनीहरुको थियो । पत्रकार सम्मेलनको सुरुवातमा बोलेका प्रबक्ता भट्टले अर्थतन्त्र लयमा आइसकेको दावी गरे । जवकी केही दिन अघि पुस महिनामा नै अर्थतन्त्र लयमा फर्केको भन्न नसकिने र अझै केही समय पर्ख र हेरको अवस्थामा रहेको दावी गरेका थिए ।
उनको बोली फेरिनुमा पनि गभर्नरको दवाव स्पष्ट झल्किन्थ्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ