वि.सं. २०८१ फाल्गुन ६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी मूल्य शृखलामा प्रभावकारी रुपमा उत्रिए विचौलियाको अन्त्य हुन्छ : राष्ट्रिय सभा अध्यक्ष

अर्थटुडे
२०७९ पुष २७, बुधबार

काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहकारी माटोदेखि मुखसम्म जोडिनुपर्ने बताए । उनले सहकारी अर्थतन्त्रको एउटा खम्बा रहेकाले उत्पादन, ढुवानी, वितरण, उपभोगसम्म जोडिनुपर्ने बताए । सहकारी मूल्य शृखला प्रभावकारी रुपमा उत्रिएको खण्डमा विचौलियाको अन्त्य हुने बताए ।

राष्ट्रिय सहकारी महासंघको ३० औं बार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाले राज्यले सहकारीलाई उचित सम्बोधन गर्नुपर्ने बताए । ‘तीन खम्बे अर्थतन्त्र भन्ने र एउटा खम्बालाई चल्लाको खुट्टा जस्तो अर्काे खम्बालाई हात्तीको खुट्टा जस्तो बनाएर अर्थतन्त्र मजबुद हुँदैन ।’

उनले सहकारीमा ५६ प्रतिशत महिला सहभागिता भए पनि नेतृत्व तहमा त्यसको प्रभाव नदिएकाले नेतृत्वमा महिलाको सहभागिता बृद्धि गर्नुपर्नेमा पनि जोड दिए ।

उनले भने,‘तीनवटै खम्बा बलियो बनाउने नीति तथा कार्यक्रम सरकारको हुनुपर्छ । साथै त्यसलाई बजेटमा समावेश गर्न पनि कन्चुस्याई गर्नुहुँदैन ।’ गरिबी निवारणका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले गरिवीको न्यूनिकरणका लागि सहकारीसँग सहकार्य गर्न सक्ने औल्याए । उनले सहकारीमा ५६ प्रतिशत महिला सहभागिता भए पनि नेतृत्व तहमा त्यसको प्रभाव नदिएकाले नेतृत्वमा महिलाको सहभागिता बृद्धि गर्नुपर्नेमा पनि जोड दिए ।

उनले कुनै समय आफू पनि सहकारीको सदस्य रहेको स्मरण गर्दै सहकारी मैत्री कानुन निर्माणका लागि आफ्नो स्थानबाट हुने सहयोग गर्न आफू तत्पर भएको उहाँले प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनले संविधानमा तीन खम्बे अर्थतन्त्र भनेर उल्लेख गरिसकेपछि यसलाई कार्यान्वयन गर्न सबै दलले इमान्दारीता देखाउनुपर्ने औल्याए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु भएको बताउँदै राज्यसँग हालेमालो गरेर अभियान अगाडि बढ्ने बताए । पूर्व राज्यमन्त्री तथा महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले नेपालको संविधानमा सार्वजनिक, निजीसरह सहकारीलाई समान अवसर दिएको र विश्वका विभिन्न देशले अनुशरण गर्न थालेको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालय र सहकारी अभियान एउटा डुङ्गामा उभिएकाले अभियान सफल हुँदा मन्त्रालय पनि सफल हुने बताए । ‘सहकारी अभियानलाई भरोसायोग्य क्षेत्रका रुपमा रुपान्तरण गर्न हामी सबै लागि पछौं । जोखिम न्युनिकरण गर्दै जानुपर्ने छ ।’ उनले भने । उनले सम्पत्ति शुद्धिकरण निवारणमा सहकारी अभियानले प्रतिबद्धता व्यक्त गर्ने विश्वास समेत व्यक्त गरे ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी एकीकरणलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले भने,‘सहकारीको सुदृढिकरणका लागि केन्द्रीय संघहरुबाट विभागले काम थाल्ने छ ।’ उनले अभियानको सरकारको परनिर्भरता घटाउँनका लागि महासंघले वैज्ञानिक शुल्क निर्धारण गरेको बताए ।

महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी अभियानले दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान गर्ने बताए । वर्तमान अवस्थामा सहकारीलाई तरलता व्यवस्थापनमा राज्यलाई सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ