वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंक साधारणसभाः हिमालयन बैंकसँग मर्जमा जाने प्रस्ताव पारित, माघभित्र एकीकृत कारोबार गर्ने

अर्थटुडे
२०७९ पुष २८, बिहीबार

काठमाडौं ‐सिभिल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभाले ५.२६ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ । विहिबार भएको बैंकको बार्षिक साधारणसभामा संचालक समितिले राखेको प्रस्ताव पारित भएको हो । बैंकले ५ प्रतिशत बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

त्यस्तैगरी साधारण सभाले हिमालयन बैंकसँग १००ः ८०.२८ को अनुपातमा मर्जमा जान पनि स्वीकृति प्रदान गरेको छ ।
साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती –एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ती तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र, तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कार्यवाहीहरुलाई अनुमोदन गरिएको छ ।

सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति लिने/ अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पूँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तीयारी प्रदान गरिएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात दुवै बैंकको एकिकृत कारोवार २०७९ माघ भित्र गरिने योजना रहेको बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले जानकारी दिए ।
त्यस्तै साधारण सभाले आ.व. २०७९/८० को लेखापरिक्षण गर्नको लागि “एस राई एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा नियुक्त गरेको छ ।

करिव ८ लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा १०२ एटिएम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म ९६ अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्व रुपैयाँ भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ