काठमाडौ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।
आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन् ।
पोखरामा भएको यति एअरलाईन्सको विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्। उनका अनुसार उक्त विमानमा चालक दलका चार सदस्य सहित ६८ जना यात्रु थिए। सवार यात्रु मध्ये ५३ जना नेपाली र ५ जना भारतीय रहेको उनको भनाई छ। त्यसबाहेक विमानमा रुसका ४ जना, कोरियाका २ जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक एक जना यात्रु सवार थिए।
विमान दुर्घटनामा परेका यात्रुहरुको विवरण
किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
कृष परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
आयुर्दि शर्मा
बेबि शर्मा
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा। शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
यी हुन् विदेशी नागरिक
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे
प्रतिक्रिया