वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न पायो अन्तिम स्वीकृति

अर्थटुडे
२०७९ माघ १६, सोमबार

काठमाडौ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

सो निर्णयसँगै अव हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्नेछ । हिमालयन बैंकलाई सिभिल बैंकलाई प्राप्तिको लागि अन्तिम स्वीकृति दिने निर्णय भएपनि आजसम्म (सोमबारसम्म) हिमालयन बैंकले पत्र भने पाएको छैन । हिमालयन बैंकले सिभिललाई १००ः ८०.२८ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।

प्राप्ति प्रक्रिया पूरा भए पश्चात बन्ने नयाँ बैंक हिमालयन बैंककै नामबाट सञ्चालनमा आउने छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र शाखा सञ्जाल १ सय ८९ पुग्नेछ । यी बैंकले गत असारमा प्राप्ति प्रक्रियाका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ