वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कास्कुनमा नयाँ सहमति : अध्यक्षमा पनेरु, बरिष्ठ उपाध्यक्षमा अर्याल

अर्थटुडे
२०७९ माघ १७, मंगलवार

काठमाडौ । काठमाडौै जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को संचालक समिति चयनका लागि नयाँ सहमति भएको छ । मंगलबार भएको सर्वपक्षिय बैठकमा पुरानो प्रक्रियालाई अन्त्य गरी पुनः नयाँ प्रक्रियाबाट निर्वाचन गर्ने सहमति भएको छ ।

पुरानो प्रक्रियालाई अन्त्य गर्नका लागि सबै उम्मेदवारले मनोनयन फिर्ता गर्ने सहमति भएको छ । त्यसैका लागि मंगलबार साझसम्म रहेको उम्मेदवारी फिर्ताको समय एक दिन थपिएको छ ।

सहकारी बैंकका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका संचालक केवी उप्रेतीको सक्रियतामा भएको सहमति अनुसार दिपक पनेरु अध्यक्ष र अर्का उम्मेदवार नवराज अर्याल बरिष्ठ उपाध्यक्ष बन्नेछन् । यसअघि कास्कुनमा वरिष्ठ उपाध्यक्षको पद थिएन । हाल अर्याल कास्कुनका उपाध्यक्ष हुन् । उनी नेकपा एस निकट छन् ।

पनेरुले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आगामी निर्वाचनमा कुनै पनि पद दावी नगर्ने सर्तमा कास्कूनको अध्यक्ष दिइएको हो । उनी हाल नेफ्स्कूनको कोषाध्यक्ष रहेका छन् ।

नेकपा एमालेले अध्यक्ष सहित महिला उपाध्यक्ष, सचिव, एक सदस्य र एक जना लेखा समिति सदस्य, नेपाली कांग्रेसलाई महासचिव, कोषाध्यक्ष, लेखा समिति संयोजक तथा एक जना सदस्य, माओवादीलाई दुई जना संचालक सहित एक जना लेखा समिति सदस्य, नेकपा एसलाई बरिष्ठ उपाध्यक्ष तथा एकजना संचालक भने राष्ट्रिय प्रजातन्त्र पार्टी निकट सहकारीकर्मीले पाउने सहमति भएको छ ।

यसअघि नेकपा एमालेको एउटा प्यानल तथा नेकपा एस, कांग्रेस, माओवादी र राप्रपाको अर्को प्यानल बनेर उम्मेदवारी दर्ता भएको थियो । तर एमालेको प्यानल नै हार्ने अवस्था आएपछि साधारणसभाको २ दिन अघि चुनाव स्थगित गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ