काठमाडौं । महंगीलाई नियन्त्रणमा राख्ने भन्दै अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले फेरी व्याजदर बढाएको छ । बैंकले आठौ पटक ०.२५ प्रतिशत विन्दुले व्याजदर बढाएको हो । व्याजदरको बृद्धिपछि १६ बर्षपछिकै सवैभन्दा बढी व्याजदर ४.७५ प्रतिशत पुगेको छ ।
यद्यपी यो आर्थिक बर्षको मार्च महिनापछिको सवैभन्दा कम हो । जुन गत वर्ष आक्रामक दरमा बढेको थियो। फेड कमिटिले सवैभन्दा बढी ४ प्रतिशतसम्म व्याजदर पुर्याउने लक्ष्य राखेपनि मुल्यबृृद्धिमा कमी नआएपछि व्याजदर बढाएर माग कम गर्न बाध्य भएको हो ।
फेडका अधिकारीहरूले अमेरिकामा मूल्यवृद्धि सुस्ताउने संकेत देखिए पनि उनीहरूले दरहरू बढाउन भने कम नगर्ने चेतावनी दिएका छन्। अमेरिकाको मुद्रास्फीति दर ६.५ प्रतिशत पुगेको छ। अघिल्लो महिना ७ प्रतिशत थियो। त्यस्तै अमेरिकाले गतसाल सवैभन्दा बढी ८.५ प्रतिशतसम्मको मुल्यबृद्धि खेपेको थियो ।
फेडको लक्ष्य मुल्यबृद्धिलाई २ प्रतिशतमा झार्नु हो । फेडेरल रिजर्भका प्रमुख जेरोम पावेलले मुल्यबृद्धि विस्तारै कम हुदै गएपनि महँगी नियन्त्रण गर्न ब्याजदर अझै पर्याप्त प्रतिबन्धात्मक स्तरमा नभएको बताए। नियामक निकायले व्याजदर बढाएसँगै अमेरिकाका बैंकहरु पनि व्याजदर बढाउन बाध्य हुने छन् । जसका कारण अमेरिकामा मागमा कमी आइ आर्थिक मन्दी थप बढ्ने देखिएको छ ।
पावेलका अनुसार हालैका सूचकांकहरू उत्साहजनक रहेपनि मुद्रास्फीति तल्लो तह मै रहने बारे निश्चिन्त हुन सक्ने अवस्था भने छैन। डिसेम्बरमा फेडले जारी गरेको प्रक्षेपण अनुसार ब्याजदर २०२३ को अन्त्यसम्मा ५ प्रतिशतभन्दा माथि उक्लिने सम्भावना छ।
प्रतिक्रिया