वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थले गर्यो सहसचिवहरुको जिम्वेवारी हेरफेर,राजस्व व्यवस्थापनमा रितेश शाक्य

अर्थटुडे
२०७९ माघ १९, बिहीबार

अर्थमन्त्रालयले सहसचिवहरु जिम्वेवारी हेरफेर गरेको छ । विहिबार अर्थमन्त्रालयले १० वटा सहसचिवहरुको विभाग हेरफेर गरेको हो । अर्थमन्त्रालयका अनुसार सहसचिव श्रीकृष्ण नेपाललाई महाशाखा प्रमुख–आर्थिक सहायता समन्वय महाशाखाको जिम्वेवारी दिएको छ ।

त्यस्तै धनीराम शर्मालाई बजेट तथा कार्यक्रम महाशाखा, झक्कप्रसाद आचार्यलाई वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा र लक्ष्मीप्रसाद निरौलालाई प्रशासन महाशाखाको जिम्वेवारी दिएको छ । त्यस्तैगरी इश्वरीप्रसाद अर्याललाई वित्तीय संघीयता समन्वय महाशाखा, रितेशकुमार शाक्यलाई राजस्व व्यवस्थापन महाशाखा, सुमन दाहाललाई आर्थिक नीति विश्लेषण महाशाखा, कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा खटाइएको छ ।

त्यस्तै सेवन्तक पोखरेल भन्सार विभागका उपमहानिर्देशक भएका छन् भने शिवलाल तिवारीलाई भन्सार जाँचपास परीक्षण कार्यालयमा प्रतिस्थापन गरिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ