वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अस्ताए राष्ट्र बैंकका पहिलो गभर्नर राणा

अर्थटुडे
२०७९ माघ २२, आईतवार

काठमाडौ । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शम्शेर राणाको निधन भएको छ । उनको ९५ बर्षको उमेरमा आइतबार बिहान ८ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सरकारले नेपालभरी नेपाली रुपैयाँको चलनचल्ती बढाउनका लागि नेपाल राष्ट्र बैंकको स्थापना गरी राणालाई पहिलो गभर्नर बनाइएको थियो । उनले सरकारले दिएको जिम्वेवारी निक्कै राम्रोसँग निर्वाह गरेका थिए ।

नेपाल भित्रका नागरिकले नै भारतीय रुपैयाँ चलनचल्तीमा रहेकोले आफू नेपाली हुँ भन्ने कुरा नै विर्सिएको भन्दै तत्कालिन राजा महेन्द्रले नेपाली रुपैयाँ चलनचल्तीका लागि राणालाई नेतृत्व गर्ने जिम्वेवारी दिएका थिए ।

राणा लामो समयदेखि बिरामी थिए। उनी केही समयदेखि राजधानीको नर्भिक अस्पतालमा उपचाररत थिए। उनको आज बिहान साढे ११ बजे अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। उनले नेपालमा हिमालयन बैंकको स्थापना गरेका थिए । तत्कालिन हविव बैंक अफ पाकिस्तानको लगानीमा उनले हिमालयन बैंक स्थापना गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ