काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन सहित केही उच्च पदस्थ कर्मचारीमाथि अनुसन्धान सुरु गरेको छ । शेरचनले आफन्तको नाममा रहेको विभिन्न कम्पनीमा अर्वौको ऋण प्रबाह गरी अपचलन गरेको भन्दै नेपाल राष्ट्र बैंकले सिआइवीलाई अनुसन्धान सुरु गर्न पत्र पठाएको थियो ।
गत माघ १२ गते प्रभु बैंकको संचालक समितिले शेरचनलाई नै पुनः सिइओ नियुक्त गरेको दिन सिआइवीले बैंकलाई पत्र लेखी जानकी मेडिकल कलेज, चिरायु अस्पताल लगायतका ऋणीसँग सम्बन्धीत कर्जाको फाइल पेश गर्नका लागि बैंकमा पत्र पठाएको थियो ।
शेरचनमाथि आफन्तको नाममा रहेको जानकी मेडिकल कलेजलाई पटक पटक गरी २ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रबाह गरेका थिए । त्यस्तै उनले केही कृत्रिम ऋणी खडा गरी बैंकबाट करोडौ रुपैयाँ ऋण प्रबाह गरेको, घाटामा गएका संस्थालाई समेत ऋणमाथि ऋण दिएको लगायतका आरोपहरु लागेका छन् । सोही आरोपको बारेमा थप स्पष्ट हुनका लागि शेरचन माथि अनुसन्धान थालिएको सिआइबीका एक उच्च अधिकारीले पुष्टी गरे ।
सिआइवीको पत्रप्रति बैंकले जवाफ पठाइसकेको भएपनि सिइओ सहित उच्च अधिकारीलाई थप बयानका लागि केही दिनमा नै बोलाइने ति अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया