वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक घट्ने क्रम जारी, साताको अन्तिम दिन ०.६६ अंकले घट्यो

अर्थटुडे
२०७१ श्रावण २२, बिहीबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्ने क्रम जारी रहेको छ । साताको अन्तिम दिन बिहीबार पनि नेप्से ०.६६ अंकले घटेर १०४०.५९ अंकमा झरेको छ ।nepal stock exchange

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको छ । बुधबार नेप्से परिसूचक साढे ३ अंकले घटेको थियो ।
बिहीबार वित्त, बिमा तथा विकास बैंकको सेयर मूल्य घटेपछि त्यसको नकारात्मक असर समग्र बजार परिसूचकमा परेको हो ।

बिहीबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये होटल २.८४, विकास बैंक १.०८, बिमा १२.२९ र वित्त समूह ३.३४ अंकले घटेका छन् । तर, बैंकिङ ०.७८ र जलविद्युत् १.०७ अंकले बढेका छन् । बिहीबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये अन्य, उत्पादनमूलक र व्यापार समूहमा कुनै परिवर्तन हुन सकेन ।
बिहीबार नेप्से परिसूचक घटेको भए पनि कारोबार रकममा भने सुधार आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । विहिबार ११ लाख ६८ हजार ८ सय ४९ कित्ता सेयर ५३ करोड १ लाख १४ हजार रुपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो ।
बुधबार नेप्सेमा ९ लाख २६ हजार ५ सय ४० कित्ता सेयर ५० करोड ३७ लाख ५५ हजार रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ