काठमाडौ । विभिन्न सहकारी संस्थामा आवद्ध सहकारीकर्मीहरुले ‘सहकारी बचाउन अभियान’ को नाम दिदै सहकारी क्षेत्र बचाउन दवाव मुलक कार्यक्रम गर्ने भएका छन् । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहकारी अभियानमा आवद्ध नेताहरु अगाडी नबढेपछि विभिन्न सहकारी संस्थामा आवद्ध सहकारीहरुर्मीहरुले स्वतन्त्र रुपमा सहकारी बचाउनका लागि दवाव दिन मंगलबार दवावमुलक कार्यक्रमको आयोजना गरेका हुन् ।
सहकारी क्षेत्रलाई राज्यले उचित सम्मान नदिएको साथै आफै सकाउन लागि परेको भन्दै सहकारीकर्मीहरुले मंगलबार साढे १० बजे राष्ट्रिय सहकारी महासंघ र सहकारी विकास बोर्डको प्रागणमा दवावमुलक कार्यक्रम राखेका हुन् ।
अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा संविधानले नै स्वीकारेको सहकारी क्षेत्रलाई राज्यले कुनै महत्व नदिएको साथै पछिल्लो समयमा सम्पत्ति शुद्धिकरणको नाममा सहकारी क्षेत्रमाथि भएको प्रहारको विरोध स्वरुप दवाव कार्यक्रम गर्न लागिएको सहकारीकर्मीहरुले जानकारी दिएका छन् ।
शुक्रबार व्यवस्थापिका संसदमा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ) निवारण तथा व्यवसायिक वातावरण प्रबद्र्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयक–२०७९ दर्ता भएको छ । सो विधेयकमा सहकारी ऐन संशोधन गरी सहकारीमा व्यक्तिले २५ लाख भन्दा माथि राख्न नपाउने व्यवस्था गर्न लागिएको छ ।
सो व्यवस्था पारित भए सहकारी क्षेत्र समस्यामा पर्नुका साथै सहकारीको सिद्धान्त नै मर्ने भन्दै सहकारीकर्मीहरुले आन्दोलन गर्न लागेका हुन् । स्वतः स्फुर्त रुपमा सो आन्दोलनमा सहभागि हुन पनि सहकारी बचाउन अभियानले आग्रह गरेको छ ।
प्रतिक्रिया