वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक बर्षपछि मुल्यबृद्धि १२ प्रतिशत पुग्छः राष्ट्र बैंक

अर्थटुडे
२०७९ फाल्गुन ३, बुधबार

काठमाडौ । एक बर्षपछि नेपालको मुल्यबृद्धि १२ प्रतिशत पुग्ने बताइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले एक बषपछि मुल्यबृद्धि १२ प्रतिशत पुग्ने र तीन महिनामा १० प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन अनुसार ९२.३ प्रतिशत उत्तरदाताले एक बर्षमा मुल्यबृद्धि हुने अनुमान गरेका छन् भने ८४.६ प्रतिशत आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् ।

अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको पनि राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रत्येक तीन महिनामा मुल्यबृद्धिसम्बन्धी अध्ययन गर्ने गरेको छ ।

त्यस्तै सोही अध्ययन अनुसार खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने प्रक्षेपण गर्ने उत्तरदाता बढेका छन् । तर गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ ।

खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पद्घार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ