वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सात महिनामा २ खर्बले बढ्यो निक्षेप,सवैभन्दा बढी बाणिज्य बैंककाे

अर्थटुडे
२०७९ फाल्गुन ४, बिहीबार

काठमाडौं । बाणिज्य बैंकहरुमा ७ महिनामा १९९.६६ अर्ब रुपैयाँ निक्षेप थपेका छन् । असार मसान्तमा बाणिज्य बैंकहरुसँग जम्मा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा माघ मसान्तसम्म आइपुग्दा बाणिज्य बैंकहरुको निक्षेप ४७ खर्ब ४१ अर्ब ०९ करोड रुपैयाँ निक्षेप पुगेको छ । जुन कुल निक्षेपको तुलनामा ४.३९ प्रतिशत विन्दुले बढी हो ।

त्यस्तै माघ महिनामा मात्र बाणिज्य बैंकहरुसँग २५ अर्ब ०६ करोड रुपैयाँ निक्षेप थपिएको पनि नेपाल बैंकर्स एसोसिएसनले (बैंकर्स संघ) जनाएको छ । पछिल्लो समयमा तरलता अभाव भएको बताइए पनि प्रत्येक बैंकले एक महिनामा औषत एक अर्ब रुपैयाँ निक्षेप थप्न सफल भएका छन् ।

बैंकर्स संघका अनुसार असार मसान्तको तुलनामा सवैभन्दा बढी निक्षेप बृद्धि गर्नेमा बाणिज्य बैंक रहेको छ । सो बैंकले सात महिनाको अवधिमा ३६ अर्ब रुपैयाँ निक्षेप थपेको छ । माघ महिनामा मात्र सो बैंकले १० अर्ब ७६ करोड रुपैयाँ निक्षेप थपेको छ ।

त्यस्तै नविल बैंकले पनि सात महिनाको अवधिमा ३० अर्ब ८८ करोड रुपैयाँ निक्षेप बृद्धि गरेको छ । सात महिनामा २० अर्ब रुपैयाँ भन्दा बढीले निक्षेप बृद्धि गर्ने बैंकहरुमा नेपाल बैंक र एनआइसी एसिया बैंक रहेका छन् । ति बैंकहरुले क्रमशः २१ अर्ब ७३ करोड र २६ अर्ब ५२ करोड रुपैयाँ निक्षेप थपेका छन् ।

त्यस्तै सात महिनाको अवधिमा कुमारी बैंकले १८ अर्ब ७० करोड निक्षेप गुमाएको छ । गत असारमा ३ खर्ब ३२४.४४ अर्ब रुपैयाँ रहेकोमा गत माघ मसान्तमा सो बैंकसँग जम्मा ३०५.७४ अर्ब रुपैयाँ मात्र रहेको छ ।

सात महिनाको अवधिमा एनसीसी बैंक कुमारीसँग मर्ज भएको छ भने बैंक अफ काठमाण्डु ग्लोवल आइएमई बैंकसँग । त्यस्तै मेगा बैंक नेपाल इन्भेष्टमेन्ण्ट बैंकसँग मर्ज भएका छ भने सेन्चुरी बैंक प्रभु बैंकसँग मर्ज भएको छ । तल दिइएको डाटा भने दुवैको हिसाव मिलान गरेर राखिएको डाटा हो ।

सात महिनामा कुन बैंकले कति निक्षेप बृद्धि गरे हेर्नुहोस् रकम रु अर्वमा

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ