वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाणिज्य बैंकहरुले प्रबाह गरे सवा खर्बको कर्जा, एनआइसीले एक महिनामा नै प्रबाह गर्यो साढे १५ अर्ब

अर्थटुडे
२०७९ फाल्गुन ४, बिहीबार

काठमाडाै । चालु आर्थिक बर्षको सात महिनामा बाणिज्य बैंकहरुले ११५ अर्ब १६ करोड रुपैयाँ बराबरको कर्जा प्रबाह गरेका छन् । जुन कुल कर्जाको जम्मा २.७४ प्रतिशत मात्र हो । नेपालमा संचालिक २२ बटा बाणिज्य बैंकहरुले असार मसान्तमा ४१ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रबाह गरेका थिए भने माघ महिनाको अन्तसम्ममा बाणिज्य बैंकहरुले ४२ खर्ब ९० अर्ब रुपैयाँ पुर्याएका छन् । त्यस्तै बाणिज्य बैंकहरुले माघ महिनामा मात्र बाणिज्य ११ अर्ब ८२ करोड रुपैयाँ निक्षेप प्रबाह गरेका छन् ।

जुन सोही महिनाको निक्षेपको तुलनामा जम्मा ५२.८३ प्रतिशतले कम हो । नेपाल बैकर्स संघका अनुसार सात महिनामा सवैभन्दा बढी नविल बैंकले १४ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । तर एनआइसी एसियाले भने माघ महिनामा मात्र १५ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

सात महिनाको अवधिमा एनसीसी बैंक कुमारीसँग मर्ज भएको छ भने बैंक अफ काठमाण्डु ग्लोवल आइएमई बैंकसँग । त्यस्तै मेगा बैंक नेपाल इन्भेष्टमेन्ण्ट बैंकसँग मर्ज भएका छ भने सेन्चुरी बैंक प्रभु बैंकसँग मर्ज भएको छ । तल दिइएको डाटा भने दुवैको हिसाव मिलान गरेर राखिएको डाटा हो ।

सात महिनामा कुन बैंकले कति कर्जा बृद्धि गरे हेर्नुहोस् (रकम रु अर्वमा)

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ