वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्रीलाई नै जानकारी छैन लडाकुलाई २ लाख दिने निर्णय

अर्थटुडे
२०८० बैशाख १५, शुक्रबार

काठमाडौं । राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार, अनियमिता, घोटला, राज्य कोष जथाभावी बाड्ने र व्यक्ति पोसित काम मबाट हुँदैन र हुन दिइँदैन ।

म यस्तो काम गर्दैगर्दिन । हामी कोही पनि गर्दैनौं भन्ने विश्वास म सबैलाई दिलाउन चाहन्छौं ।’ ‘व्यक्ति र राजनीतिक दलभन्दा माथि उठेर देश र जनताका लागि म काम गर्छु’ उनले भने, ‘मेरो र सरकारको लक्ष्य त्यो हुँदै होइन । ढुकुटी समाप्त पार्न, रकम कुम्ल्याउन थाल्यो कि भन्ने आशंका लागेको छ भने म स्पष्ट रुपमा भन्छु, त्यस्ता आशंका छ भने तपाईंहरुले दिमागबाट निकाल्दिनुस् ।’ उनले भने, ‘अयोग्य लडाकूहरुको विषय धेरै अगाडिदेखि अदालतमा पुगेको हो, त्यसबाट पनि निर्णय भएर आएको छ ।

यसभन्दा अगाडिको बजेटमा पनि त्यो व्यवस्था गरिएको छ । म त्यसबेला अर्थमन्त्री थिइन ।’ मन्त्री डा. महतले भने, ‘यो विषयलाई अगाडि बढाउने भन्ने सन्दर्भ सञ्चारमाध्यममा आएको छ । म अर्थमन्त्री भएपछि यो निर्णय भएको होइन । यो विषय अगाडि बढेको बारे मलाई जानकारी थिएन । कार्यविधि पास गरेर अगाडि बढाउने विषयमा मलाई जानकारी छैन ।  कार्य विधि बनाउने र बजेटको व्यवस्था गर्ने जिम्मेवारी गृहमन्त्रालयको हो । कार्यविधि बनाउनुपर्छ भन्ने विषय आएको थियो अरे र बन्यो अरे भन्ने मैले पनि सुनेको हुँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ