वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा विरुद्ध पक्राउपुर्जी जारी

अर्थटुडे
२०८० बैशाख २०, बुधबार

काठमाडौ । पुर्व उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध बुधबार प्रहरीले पक्राउ पुर्जी लिएको पाइएको छ । उनीहरुमाथि नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजान सघाएको आरोप छ ।

काठमाडौ प्रहरी परिसरले उनीहरुमाथि पक्राउ गरी थप अनुसन्धान गर्नुपर्ने भएकोले अदालतबाट पक्राउपुर्जी लिएको हो ।तत्कालिन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ