वि.सं. २०८१ कार्तिक २०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेचुरल सहकारीको प्रविधिमा फड्को, जुनसुकै बैंकबाट पनि खातामा रकम पठाउन मिल्ने

अर्थटुडे
२०८० बैशाख २५, सोमबार

काठमाडौ । अब नेपालमा भएका जुनसुकै बैंक तथा वित्तिय संस्थाबाट नेचुरल बचत तथा ऋण सहकारी संस्थाको खातामा रकम ट्रान्सफर गर्न सकिने भएको छ । संस्थाको १६ औ बार्षिकोत्सवको अवसरमा संस्थाले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरी कनेक्ट आइपीएसमार्फत जुनसुकै बैंक तथा वित्तिय संस्थाबाट पनि रकम ट्रान्सफर गर्न सकिने व्यवस्था गरेको हो ।

यो सेवा संस्थाले सफल परिक्षण गरेपछि सुरु गरेको हो । संस्थाका प्रमुख कार्यकारी संचालक विकल्प पाठकका अनुसार प्रविधिको विकाससँगै संस्थाले आफ्ना सदस्यहरुलाई अत्याधुनिक सेवा प्रबाह गर्नका लागि क्लियरिङ्ग हाउससँग सम्झौता गरेको हो । प्रविधिमा संस्था एक कदम अगाडी रहेको सावित हुने पाठकले जानकारी दिए ।
त्यस्तै संस्थाले बार्षिकोत्सवको अवसरमा शंखरापुर अस्पताल र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालसँग पनि सदस्यको उपचारमा छुट दिनेगरी सम्झौता गरेको छ ।

ति दुई अस्पतालहरुमा संस्थाले सदस्यहरुको उपचार, औषधी खरिद तथा विभिन्न परिक्षणमा छुट दिने गरी सम्झौता गरेको हो । । अस्पतालको सेवामा नेचुरल सहकारीका सदस्यले ७ देखि ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालसँगको सम्झौता पत्रमा संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक र अस्पतालको तर्फबाट प्रशासक रविन पोखरेलले हस्ताक्षर गरेको संस्थाले जनाएको छ।

त्यस्तै शंखरापुर अस्पतालसँगको सम्झौतामा संस्थाका प्रमुख कार्यकारी सञ्चालक पाठक र अस्पतालका प्रमुख प्रशासकिय अधिकृत रुपक ढकालले हस्ताक्षर गरेको छ । उक्त अस्पतालले प्रदान गर्ने सेवामा ५ देखि १२ प्रतिशतसम्म छुट पाउने छन् । यसअघि पनि संस्थाले विभिन्न अस्पताल, सपिङ सेन्टर, होटल, रेस्टुराँ, विभिन्न सेवा प्रदायक कम्पनीसँग सम्झौता गरी सदस्यलाई राहत प्रदान गर्दै आएको छ ।

यो सँगै पछिल्लो समयमा काठमाडौका सहकारी सदस्यहरुको हितमा भन्दा व्यक्तिगत हितमा बढी केन्द्रित रहेको छ भन्ने भाष्यलाई विस्तापित गर्न खोजेको छ । त्यस्तैगरी संस्थाले जेष्ठ सदस्य सम्मान, बृहत रक्तदान पनि गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ