काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महीनासम्म विप्रेषण आप्रवाहमा २२ दशमलव सात प्रतिशतले वृद्धि भएको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतिशतले बढेको थियो ।
यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई आठ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव आठ प्रतिशतले बढेको थियो ।
विदेश जाने नेपालीहरुको संख्यामा बृद्धिसँगै रेमिट्यान्समा सकारात्मक असर परेको हो । यसैगरी सरकारले पनि औपचारिक च्यानलबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्दै आएको छ ।
चालु आवको जेठसम्म अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या ४६ दशमलव छ प्रतिशतले वृद्धि भई चार लाख ५९ हजार चार १५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या पनि ०.५ प्रतिशतले वृद्धि भई दुई लाख ६० हजार दुई सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय आठ दशमलव तीन प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया